अभिनन्दनको रिहाईसंगै तत्कालका लागि भारत–पाक युद्धको खतरा टर्‍याे

photo-1024x768भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर अभिनन्दनलाई भारत र पाकिस्तान वाघा–अटरी बोर्डरमा ल्याएर जेनेभा अभिसन्धी अनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाइएको हो।

गत बुधबार भारतीय मिग २१ बिसन लडाकु जेटबाट पाकिस्तानी आधुनिक लडाकु बिमान एफ -16 खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

अन्तर्राष्ट्रिय समुदायको आग्रह पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका थिए। अभिनन्दनको रिहाई पछि भारत–पाकिस्तानबीच युद्धको सम्भावित खतरा तत्कालका लागि टरेको विश्वास गरिएको छ।

गत १४ फेब्रुअरीमा जम्मुकस्मिरको पुलवामा जिल्लाको श्रीनगर नेशनल हाइवेमा खण्डमा केन्द्रिय अतिरिक्त प्रहरी बल (सिआरपिएफ) बोकेको ट्रकमाथि भएको आत्मघाती बम हमलामा ४० सिआरपिएफ जवानको मृत्यु भएको थियो। त्यसको जवाफमा भारतीय सेनाले २६ फेब्रुअरी बिहान पाकिस्तान नियन्त्रित कश्मिरमा हवाई हमला गरेको थियो।

भारतीय लडाकु विमानबाट हाम फालेका पाइलट अभिनन्दनलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो।