अभियुक्त पशुपति चौधरी सार्वजनिक

50973557_2106095119428233_5948550492601712640_nविभिन्न आपराधिक क्रियाकलाप संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका सप्तरीको खगड नगरपालिका–९ वस्ने ४१ बर्षिय पशुपति चौधरीलाई सार्वजनिक गरिएको छ । विहिवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले ती अभियुक्तलाई सार्वजनिक गरेका हुन् ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टका अनुसार पक्राउ परेका चौधरी भुमिगत सशस्त्र संगठन प्रगतिशिल तराई मुक्ति मोर्चा सिजन समुहका शैन्य कमाण्डर हुन् । चौधरी नेपाली सेनाका अवकास प्राप्त हवलदार तथा राष्ट्रिय भलिवल खेलाडी हुन् ।

प्रहरी लक्षित बम काण्ड तथा गोली प्रहारका विभिन्न घटना र चन्दा आतंक सृजना लगायका विभिन्न आरोपहरु प्रहरीले लगाएका छन् । ०७४ साउन २१ गते प्रहरी निरीक्षकको कमाण्डमा रहेको टोलीलाई लक्षित गरी कुकर बम विस्फोट गराएको, ०७४ भदौ ७ गते सुरुङ्ग नगरपालिका ६ स्थित त्रियुगा डिष्टीलरीका मालिकलाई चन्दा माग्दै धम्काएको तथा चन्दा नदिदा उद्योगका सुरक्षा गार्ड नवराज कोइराला माथि गोली प्रहार गरेको, ०७५ कार्तिक ६ गते हनुमाननगर कंकालनी नगरपालिका–१३ स्थित कोसी नदिमा बालुवा सफा गर्ने ठेकेदारको काम रोकेर ३० लाख चन्दा मागेको, ०७२ पुस २० गते सप्तरीको झुटकी प्रहरी चौकिमा कार्यरत असई रमेश सुब्वालाई गोली हानि हत्या गरेको लगायतका मुद्दामा पक्राउ परेका चौधरीले प्रहरीलाई आरोपि वनाएका छन् ।50485458_549122308935020_2171495036330442752_n

उनी माथि गोली हानि हत्या गरेको कसुरमा जिल्ला अदालतवाट म्याद थप भएर अनुसन्धान प्रक्रियामा रहेको एसपी विष्टले वताए । चौधरीलाई माघ ८ गते कोसी ब्यारेज क्षेत्रवाट पक्राउ गरिएको हो । चौधरीवाट भएको खुलासाको आधारमा दिपेन्द्रलाई भारतवाट पक्राउ गरेर रुपनीमा प्रहरीले हत्या गरेको अरोप समेत परिवारजन तथा स्थानियहरुले लगाउँदै आएका छन् ।