अस्पतालको औषधी विक्रि कक्षमा तोडफोड लाखौको क्षती

???????????????????????????????यहाँ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतामा संचालित ‘अस्पताल फार्मेसी औषधी विक्रि कक्ष’ मा विहिवार राती तोडफोड र सञ्चालक माथि कुटपिट भएको छ ।???????????????????????????????

तोडफोडवाट १-१ थान कम्प्युटर, सिपियु, प्रिण्टर, आईफाई राउटर र ५ हजार भन्दा वढिको औषधी नष्ट भएको छ । औषधी विक्रि कक्षका इन्चार्ज सुर्यकान्त झाले राती ११ वजे तिरहुत गाउँपालिकाका वब्लु भन्ने सञ्जय यादवको नेतृत्वमा आएका ५-७ जनाको समुहले एक्कासी हातपात र तोडफोड सुरु गरेको वताए ।20180720_132740

तोडफोडमा संलग्न यादव अस्पताल परिसर भित्रै नास्ता र फलफुलको पषल संचालन गर्दै आएका छन् । झाका अनुसार अत्याधिक मदिरा सेवन गरी आएका यादवले अचानक कुटपिट र तोडफोड सुरु गरेका थिए ।???????????????????????????????

उनले शुक्रवार विहान प्रहरीमा यादव विरुद्ध किटानी जाहेरी दिदै कारवाही र क्षतीपुर्तीका लागि माग गरेका छन् । घटनावारे थाहापाई शुक्रवार विहान पुगेको प्रहरीले मुचुल्का तयार गरी घटनामा संलग्नको खोजी कार्य सुरु गरिएको जनाएको छ ।यसैविच औषधी केन्द्रका संचालक मनोज देवले घटनामा भएको क्षतीपुर्ति तथा संलग्नहरुलाई कारवाहीको माग गर्दै सहयोगका लागि सवैसँग आग्रह गरेका छन् ।