आतंकवाद विरुद्ध चीनको दोहरो चरित्र

वैद्यनाथ यादव

विभिन्न खाले आतंकवादवाट सिंगो विश्व नै यतिवेला अक्रान्त रहेको छ । युरोप देखि अफ्रिका सम्म, अमेरिका देखि दक्षिण एशिया हुँदै मध्य–पूर्वी एशियाली मुलुकहरु पनि आतंकवादका कारण विभिन्न खाले समस्याहरु झेल्न बाध्य छन् । आतंकवादको विश्वव्यापी वितण्डाकै कारणले होला विश्वभरीका सवैजसो मुलुकहरु आतंकवाद विरुद्ध एकजुट मात्रै देखिदैनन् आतंकवादलाई नियन्त्रीत गर्न एकै स्वरमा बोल्नुपर्ने बाध्यता समेत विश्व समुदाय माझ देखिएको छ । खासगरी भारत प्रशासित काश्मीरको पुलवामामा पछिल्लो पटक भएको आतंकी हमलाले भारत, पाकिस्तान लगायत दक्षिण एशियालाई मात्रै नभई सिंगो विश्वलाई नै स्तब्ध पारेको अवस्था छ । भारतले पाकिस्तानी भुमि प्रयोग गरेर पाकिस्तान सरकारकै समर्थनमा आफ्नो मुलुकमा आतंकी हमलाहरु भईरहेको भन्दै प्रमाण सहित विश्व समुदाय र संयुक्त राष्ट्र उपर दवाव सृजना गर्ने प्रयासहरु थालेका छन् ।

भारत लगायत विश्वभरीका सुरक्षा एजेन्सीहरुको रिर्पोटका आधारमा साउदी अबर, इरान र बंगलादेश जस्ता इस्लामिक राष्ट्रहरुसँगै विश्वका शक्ति राष्ट्रहरु समेत पाकिस्तानलाई उसको मुलुकमा अड्डा जमाएर बसेका आतंकीहरु उपर कारवाहिका लागि दवाव दिईरहेको अवस्था छ ।

यसैक्रममा पाकिस्तान केन्द्रित कट्टरपन्थी आतंकवादी समूह जैश–ए–मोहम्मदका संस्थापक मौलाना मसुद अजहरलाई अन्तराष्ट्रिय आतंकवादीको कालो सूचीमा समावेश गर्ने भारतको प्रयासलाई फेरी चीनले एक पटक असफल तुल्याएको छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अमेरिका, व्रिटेन, रुस र फ्रान्सले संयुक्त रुपमा लगेको प्रस्तावलाई चीनले भिटो लगाएर रोकेको हो । यी पाँच राष्ट्र परिषदको स्थायी सदस्य हुन् । पटक पटक मसुद अजहलाई जोगाउँदै आइरहेको चीनले सुरक्षा परिषदलाई दिएको नोटमा भनेको छ,–‘मसुद अजहरमाथी प्रतिबन्ध लगाउने अपीललाई बुझ्न केही समय चाहिन्छ ।’

Masud Azhr

सन् २००१ मा नै आतंकवादी सगठन घोषित भएका जैस–ए–मोहम्मदको विरुद्ध सन् २०१६ र २०१७ मा पनि यस्ता प्रस्ताव भारतले सुरक्षा परिषद्मा लगेका थिए । तर चीनले ग्लोबल आतंकवादी घोषणा हुन दिएन । १० जुलाई १९६८ मा पाकिस्तानमै जन्मेका मसुद अगहर ११ दाजुभाई मध्ये तेश्रो नम्बरका छन् । सन् १९८० मा अफगानिस्तानमा आतंकवादको तालिम लिई सकेपछि साउदी अरब, अफ्रिकाी मुलुक जाम्बीया र बेलायत पुगेर ठूलो धनराशी जुटाउन सफल भए । पाकिस्तानको बहावलपुरमा आतंकवादको तालिम केन्द्र खोलेर बस्दै आइरहेका मसुद अजहरले सन् १९९९ मा भारतको कन्धार विमान अपहरण, सन् २००१ मा भारतको केन्द्रीय संसद माथि आक्रमण, सन् २०१६ मा पठानकोट एयरवेश आक्रमण, सन् २०१६ मै भारतको उरी स्थित आर्मी क्यापमा आक्रमणसँगै पछिल्लो पटक हालै भारत प्रशासिक कस्मिरको पुलवामामा गरिएको आत्मघाती आक्रमणको ‘मास्टरमाइण्ड’ हुन् । उक्त पछिल्लो हमलामा ४५ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

के चाहन्छ चीन ?

आजको दिनमा चीन आफुलाई विश्वको शक्तिशाली देशको रुपमा उदाएको दावी गर्दै आइरहेका छन् । ओबीओआर (वान वेल्ट, वन रोड) भन्ने प्रोजेक्ट मार्फत विश्वमा आफ्नो वर्चश्व कायम गर्ने दिशामा उन्मुख छ चीन । पाकिस्तानमा चीनले ४ वर्ष यता ५० अर्व भन्दा बढीको एउटै प्रोजेक्ट संचालनमा ल्याउन लागेको छ भने चीन–पाकिस्तान इकोनोमि करिडोर मार्फत ३ लाख करोड चिनीया लगानीमा विभिन्न प्रोजेक्ट सञ्चालनमा रहेका छन् ।

आजको दिनमा चीनको सबैभन्दा ठूलो शत्रु अमेरिका र भारत हो । चीनले आफ्नो प्रतिस्पर्धी भारत र अमेरिकालाई ठान्दछ । सुरक्षा परिषद्मा भारत स्थायी सदस्य हुन सकेको छैन । भारतलाई स्थायी सदस्य हुन नदिन चीन कम्बर कसेर लागिपरेका छन् । सन् २०११, २०१२ मा भारतले अस्थायी सदस्यता लिन सफल त भए तर, चीनले कुनै न कुनै बहानामा भारतलाई स्थायी सदस्य राष्ट्र हुनबाट रोक्दै आइरहेको छ ।

भारतले आतंकवादलाई विश्वबाटै उन्मुलन गर्नुपर्छ भने पक्षमा उभिएको छ । तथापी कसैलाई हित गदैन । आतंकवादको न कुनै धर्म हुन्छ, न त कुनै जात नै भन्ने कुरा चीनलाई पनि राम्ररी थाहा हुँदाहुँदै आतंकवादको पृष्ठपोषण चीनले गर्दैआइरहेको छ । पाकिस्तान सरकार, पाकिस्तानी सेना र पाकिस्तानको गुुप्तचर संस्था ‘आइएसआई’ को संरक्षणमा रहेको मसुद अजहरको संगठन जैस–ए–मोहम्मदबाट चीन पनि डराउँछ । पाकिस्तानमा आफ्नो लगानी सुरक्षित गर्न र पाकिस्तान मार्फत अमेरिका र भारतलाई तहसनहस गरी राख्ने दाउमा लागिपरेको छ चीन ।

Chaina Flag

जैस–ए–मोहम्मदलाई ग्लोबल आतंकवादी घोषणा गरेपछि पाकिस्तान विश्वसामु टाउँको उठाएर देखाउँने लायक हुदैन । त्यतिमात्र होइन, पाकिस्तान प्रधानमन्त्री इमरान खान, विदेश मन्त्री मोहम्मद शाह कुरैसी, पाकिस्तानी सेना र आइएसआईको असली रुप विश्वसामु छर्लङ्ग हुन्छ । पाकिस्तानले जतिसुकै सफाई दिएपनि आतंकवादीहरुको जन्मथलो र कर्मथलो पाकिस्तान नै हो भन्ने कुरा जगजाहेर छन् । पाकिस्तानले जति झुठ बोलेपनि आतंकवादीहरुको आश्रयस्थल र पालनपोषण पाकिस्तान सरकारले नै गरिरहेको कुरामा दुई मत छैन । पाकिस्तानको बालाकोटमा भारतले गरेको हवाई आक्रमणबाट डराएका पाकिस्तानले मसुद अजहरलाई जोगाउँन हरसम्भव प्रयासमा जुटेका छन् ।

यदि मसुद अजहर र उसको आतंकवादी संगठन जैस–ए–मोहम्मदलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा हुन्छ, त्यसपछि मसुदको नाउँमा रहेको सबै सम्पत्ति जफत हुन्छ, उसको नाउँमा रहेको सबै बैंक खाताहरु बन्द हुन्छ, विदेशयात्रा समेत रद्द हुन्छ, अन्ततः पाकिस्तानमा भोकै मर्न बाध्य हुन्छ । पाकिस्तानले आतंकवादीलाई प्रयोग गरेर आफ्नो दुनो सुल्झाउने काम गरिहेको छ भने शरणर्थी जीवन बिताइरहेका मसुद अजहरलाई नजोगाए आफुलाई नै मार्ने हो की भने डर पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई छ । सन् २००२ मा पाकिस्तानमा रहेका एक आतंकवादी संगठनलाई प्रतिबन्ध लगाएपछि तत्कालिन राष्ट्रपति प्रवेज मुसरर्फ माथिनै आक्रमण गरिएको उदाहरण इमरान सामु ताजै छ ।

पाकिस्तान–चीनको गोटी बनेर अगाडि देखापरेको मुलुक हो । भारतको विभिन्न ठाउँमा आतंकवादीले पटक–पटक आक्रमण गरेर आर्थिक र मानवीय क्षति गर्दै आइरहेका छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले वागडोर सम्हालेपछि विकासको जनलहरनै सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको विकास र शान्तिप्रतिको प्रतिबद्धता र छिमेकीसँगको सम्बन्ध विश्वमै उत्कृष्ट सावित भएको छ । भारतका प्रधानमन्त्री मोदी, विदेश मन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार अजित डोभालले आतंकवाद विरुद्ध देखाएको इच्छा शक्ति, कर्मठता र दृढताले आज पाकिस्तानको शीर झुकेका छन् भने भारतवर्षमा मोदी नेतृत्व सरकारको जयजयकार भइरहेको छ । प्रधानमन्त्री मोदीले आतंकवाद र पाकिस्तान अगाडि कहिले नझुक्ने र भारतीय जनतालाई झुक्न नदिने भन्ने अभिव्यक्तले झनै लोकप्रियता देखेको छ ।