आफ्न्तकै संलग्नतामा सामुहिक हत्या, अंश जोगाउन आफ्नै ५ बर्षिय भतिजि सहित दाजु–भाउजुको हत्या

Hatya 1सदरमुकाम राजविराज नगरपालिका–१५ मुसहरनियाँमा आफ्न्तकै संलग्नतामा ५ वर्षिय छोरीसहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ । स्थानिय ३५ बर्षिय सुरज भनिने सूर्यनारयाण साह, सुरजकी पत्नी १७ बर्षिय बेचनी देवि साह र ५ बर्षिय छोरी प्रतिभा साहको आफ्न्तजनकै संलग्नतामा हत्या भएको रहस्य खुलेको हो ।

हत्या गरिएका मध्यै १७ बर्षिय बेचनीको शव घर नजिकै रहेको ट्वालेटको सेफ्टी ट्यांक भित्रवाट प्रहरीले जेठ ३१ गते राति फेला पारेको थियो । बेचनी गर्भवती थिईन । गत जेठ २६ गते नै तीनै जनाको हत्या गरिएको प्रहरीको भनाई छ ।

घटनाको डेढ महिना बढि वितिसक्दा पनि हत्या गरिएका मध्यै सूर्यनारायण र छोरी प्रतिभाको शव अझै बरमाद गर्न सकिएको छैन । आफ्नो साख्खै भाई र बुहारी सहित १० जना जतिको संलग्नतामा उक्त हत्याहरु गरिएको प्रहरीको अनुमान छन् । हाल सम्म पाँच जना अभियुक्तहरुलाई पक्राउ गरी प्रहरीले कारवाहि प्रक्रिया अघि थालेका छन् । पाँच जना भने अझै फरारै छन् ।

अभियुक्तहरुको वयानकै आधारमा प्रहरीले मृतकको घरदेखि दुई किलोमिटर उत्तर पश्चिम तर्फ रहेको पश्चिमी कोसी नहरको खाँडो साईफनमा पछिल्लो दुई दिन देखि शव खोज्ने कार्य जारि राखेका छन् यद्यपी शव खोज्न अझै सफलता नभेटिएको मंगलवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयेजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी गराए ।

हत्याको अभियोगमा मृतकका भाई मुर्जा भनिने पंचदेव साह, पञ्चदेवकी पत्नी प्रमिला देवि साह, छिमेकिहरु धर्मेन्द्र साह, सत्यनारायण साह र थापा भनिने जिवछ साहलाई पक्राउ गरी हत्याको आरोपमा मुद्दा चलाईएको एसपी सिंहको भनाई छ । मुलुकी ऐनको ज्यान सम्बन्धी महल १० को दफा १३(३) बमोजिम अभियुक्तहरु उपर कर्तव्य ज्यान शिर्षकमा मुद्दा चलाईएको उनले वताए । सप्तरी जिल्ला अदालतमा दायर गरिएको मुद्दामा अभियुक्तहरुलाई सर्वश्व सहितको जन्म कैदको सजय माग गरिएको छ । अदालतकै आदेशमा म्याद थप गरि अभियुक्तहरु उपर थप छानविन भईरहेको प्रहरीको भनाई छ । अन्य अभियुक्तहरुको समेत खोजतलास भईरहेको प्रहरी वताउँछन् ।

सप्तरीको मुसहर्निया स्थिति मृतक सुर्य नारायण दम्पतीकाे सुनसान घर।
सप्तरीको मुसहर्निया स्थिति मृतक सुर्य नारायण दम्पतीकाे सुनसान घर।

यसरी गरियो हत्या 
अभियुक्तहरुले प्रहरी समक्ष दिएको प्रारम्भीक वयानका अनुसार दाजु भाई विचको पारिपारिक झगडा तथा अंशको लफडाका कारण सूर्यनारयण, पत्नी बेचनी र छोरी प्रतिभाको सामुहिक हत्या गरिएको हो । जेठ २६ गते साँझ गाउँकै हटिया छेउको बाँसघारि नजिक प्रमिला वाहेक पक्राउ परेका ४ तथा फरार भएका अभियुक्तहरु पूर्व नियोजित रुपमा रक्सी सेवन गर्न वसेका थिए ।

सोहि क्रममा आफ्नी छोरी सहित साँझ हटिया तिर गएका सूर्यनारायणलाई पनि रक्सि खान अभियुक्तहरुले बोलाए । पूर्व योजना अनुरुप अभियुक्तहरुले थोरथोरै खाएपनि सूर्यनारायणलाई थपिथपि अत्यधिक खुवाए । त्यतिञ्जेल अंध्यारो भईसकेको थियो । सूर्यनारायण रक्सिको नशामा लट्टीएपछि अभियुक्तहरुले घाटि थिचेर पहिला सूर्यनारायणको र त्यस पछि छोरी प्रतिभाको हत्या गरे । हत्या पश्चात दुवैको शवलाई बोरामा बाँधेर नहरको साईफन भित्र गाडि दिए । त्यहाँवाट सवै अभियुक्तहरु घर फर्के । त्यतिञ्जेल रातिको करिब ९ बज्दै थियो ।

सूर्यनारायणकी ४ महिनाको गर्भवती पत्नी बेच्नी आफ्नो कोठामा सुति राखेकि थिईन । एकैचोटी उनी माथि आक्रमण भयो । केहिले हात खुट्टा समेत, कसैले मुख थुने अनि उनको पनि घाँटी थिचेर हत्या गरियो । शुरुमा बेचनीको शवलाई पनि त्यहि साईफन भित्रै गाडने योजना थियो तर गाउँवाट झण्डै दुई किलोमिटर टाढा रहेकोले आँगनमै रहेको शौचालयको सेफ्टी ट्यांक भित्र बेचनीको शवलाई फालियो । सेप्mटी ट्यांक भित्र फालिएको शव ६ दिन पछि कुहिएर गन्हाउन थालेपछि गाउँलेहरुले जेठ ३१ गते राति प्रहरीलाई खवर गरेका थिए । त्यस पछि वल्ला उक्त हत्या काण्डको रहस्य खुलेको छ ।