आयोगको प्रतिवेदन खारेजीको माग गर्दै चक्काजाम र प्रदर्शन

???????????????????????????????मलेठ घटनासम्वन्धि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवदन प्रति तिव्र असन्तुष्टि जनाउँदै यहाँ प्रदर्शन तथा चक्का जाम गरी विरोध जनाईएको छ ।
शुक्रवार विहान ९ वजे घटनास्थलमै पुगेर राजपा नेपाल सप्तरी र राजपा नपाल युवा विद्यार्थी समितिका नेता÷कार्यकर्ताहरु १ घण्टा चक्का जाम र नगरमा प्रदर्शन गरेका हुन् ।

२३ फागुन २०७३ मा एमालेको मेचि महाकाली अभियानमा अवरोध गने क्रममा प्रहरीको गोलीलागेर ५ जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सो घटनावारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सत्यभन्दा निकै टाढा र सत्तापक्षलाई खुसी पार्ने गरी तयार गरिएकाले विरोध स्वरुप प्रदर्शन र चक्काजामको आयोजना गरिएको राजपाका महासचिव मनिष सुमनले वताए ।

सांकेतिक रुपमा अहिले चक्काजाम र विरोध प्रदर्शन गरेका हौ, महासचिव सुमनले भने–आयोगको झुटो प्रतिवेदन खारेज नगरे आन्दोलन चर्काउने छौ । उनले राष्टिय मानवअधिकार आयोगको प्रतिवेदन सरासर गलत भएको दावी गर्दै त्यसको पनि निष्पक्ष छानविन गर्नु पर्ने माग गरेका छन् ।

राजपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, राजपाका सहमहासचिव गजेन्द्र मण्डल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, केन्द्रिय सदस्य कपिलदेव यादव, महिला नेतृ पुनम यादव सहित सर्यौ कार्यकर्ता विच सडकमै धर्नामा वसेपछि आवगमन ठप्प भएको थियो ।