इथोपियन एयरलाइन्सको विमान दुर्घटनाग्रस्त,सवार सबैको मृत्यु

Ethiopian-Airlines-e1539750172827इथोपियन एयरलाइन्सको बोइङ-७३७ विमान दुर्घटना भएको छ । राजधानी एडिस अबाबाबाट केन्याको राजधानी नैरोबी जाने क्रममा उक्त विमान आइतबार दुर्घटना परेको अधिकारीहरुले बताएका छन् ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य थिए।उडेको ६ मिनेटपछि स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा विमान दुर्घटना भएको एयरलाइन्सका एकजना प्रवक्ताले बताएका छन्। दुर्घटनाको कारण थाहा हुन सकेको छैन। एयरलाइन्सका अनुसार विमानमा विभिन्न ३३ मुलुकका यात्रु थिए।
“दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको परिवारप्रति गहिरो समवेदना” भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।
अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो।      https://twitter.com/PMEthiopia/status/1104650609951719427

सुरक्षाको दृष्टिकोणले सो एयरलाइन्सको राम्रो पहिचान छ। यद्यपि सन् २०१० मा बेरुतबाट उडेको सो एयरलाइन्सको एउटा विमान भूमध्यसागरमा खसेको थियो। उक्त दुर्घटनामा ९० जनाको ज्यान गएको थियो।बिबिसी