एनआरएनए अमेरिकाको अध्यक्षमा शाहको उम्मेदवारी

 एनआरएन अमेरिकाका अध्यक्ष पदका  दाबेदार सुनिल शाह/ तस्बिर : सुनिल शाहको फेसबुकबाट
एनआरएन अमेरिकाका अध्यक्ष पदका दाबेदार सुनिल शाह/ तस्बिर : सुनिल शाहको फेसबुकबाट

११ बुँदे घाेषनापत्र जारी गर्दै एनआरएन (गैर आवासीय नेपाली संघ) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले अगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ।

शनिवार साँझ कार्यकाल २०१९ / ०२१ को शनिवार साँझ गृह राज्य अमेरिकाको टेक्ससमा शाहले उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गरी अध्यक्षमा प्रतिस्पर्धा गर्ने उनले सार्वजनिक गरेका हुन्।

पेशाले आईटी ईन्जिनियर रहेको शाह, निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुँदै आगामी निवार्चनमा अध्यक्ष पदका लागि आफनो दाबी प्रस्तुत गरेको हो ।उनि सन २००४ मा अमेरिकामा उनि फ्लोलोरिडाबाट माष्टर डिग्री सकेर सन सन २००५ देखि सुचना प्रविधि क्षेत्रमा सक्रिय छन्।

डालसबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेकाे चुनावी घाेषना कार्यक्रममा शाहले ११ बुँदे प्रतिबद्धता अक्षरस पालना गर्ने बताए । आफुलाई मतदान गरेर सहयोग गर्न अमेरिकी नेपालीबासीलाई आग्रह गरेका छन् ।uil

अमेरिकामा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सिप, क्षमता, अनुभव र अनुसन्धानलाई नेपाल र नेपालीको हितमा जोड्न सुरु गरिएको कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि सारेका छन्।

शाहको गैरआवासीय नेपिालीको हकहित र अधिकारका पक्षमा नेपाल सरकारसँग चलिरहेका छलफललाई सार्थक बनाउन र सम्झौतालाई कार्यान्वयन गर्ने पक्षमा एनआरएनए अमेरिकालाई आइसीसीको बलियो शक्तिको रूपमा उभ्याउने , बर्तमान कार्यसमितिले शुरुवात गरेका राम्रा कामहरुको निरन्तरता दिने, बिद्यार्थी लक्षित विभिन्न योजनाहरु पनि अघि सार्ने, त्यस्तै अमेरिकामा रहेका अन्य देशका गैर आवासीय संस्थाहरुसँग समन्वय गर्ने उनको कार्ययोजनामा छ । शाहले अमेरिकामा कार्यरत नेपालीसँग संस्था मात्र नभई भारत, चिन, बङ्गलादेश, पाकिस्तान लगायत छिमेकी देशहरूले आप्रवासीका लागि गरेका कामबाट सिकेर अगाडि बढ्न सकिने  गायतका बुँदा एजेन्डामा उल्लेख गरेका छन्।shah suneel

बर्तमान कार्यकालमा अमेरिकामा रहेका नेपाली संघ– संस्था र एनआरएनए अमेरिकाका धेरै कार्यक्रममा सहभागी भएर सम्पर्क सञ्जाल निर्माण गरेका शाहलाई अध्यक्षका बलियो प्रत्यासीका रूपमा धेरैले लिने गरेका बताइन्छ । आगामी जुनमा हुने भनिएकाे एनआरएन, अमेरिकाकाे चुनावी माहाैल दिनैपिछै बदलिदै जादा चुनावका आकांक्षीहरू पनि धमाधम थपिदैछ।