कर्मचारीकै ‘सेटिङ्ग’मा भन्सार छलि

व्यापारिहरुलाई पनि यहाँका कर्मचारीहरुले नै भन्सार चुहावट गर्न सिकाउँछन्, थोरैको भन्सार काट्छन्, थोरै कमिशन । व्यापारि पनि खुशि, कर्मचारी पनि मख्ख, घाटा बेहोर्न त राज्य छँदै छन् । 

31250532_985082218321421_7995753247014912000_nसप्तरीको तिलाठी स्थित राजविराज भन्सार कार्यालयका कर्मचारीहरु व्यापारिहरुसँगको मिलोमतोमा परिमाण भन्दा कम भन्सार काटेर दैनिक लाखौको राजश्व चुहावट गरिरहेको खुलासा भएको छ । आवश्यक पुर्वाधार अभाव तथा खुला सिमानाका कारण बढदो तस्करी लगायतका समस्याले भन्सार असुलि निरन्तर घटदै गएको भनि गुनासो पोख्दै आएको राजविराज भन्सार कार्यालयका आफ्नै कर्मचारीहरुको मिलोमतोमा राजश्व छलि भईरहेको रहस्य खुलेको हो ।

व्यापारिहरुवाट कमिशन खाएर कर्मचारीहरुले एकातिर थोरै परिमाणवारवरको भन्सार कटि ठुलो परिमाणमा समानहरु चोरी निकासी गराउने गर्दछन् भने अर्को तिर बढी भन्सार लाग्ने समानको बदला कम भन्सार शुल्क लाग्नै अर्के समान वरावरको भन्सार काटेर दैनिक लाखौ राजश्व चुहावट गरिरहेका छन् । राजविराज भन्सार कार्यालयले मंगलवार भन्सार काटेर पठाएको दालको बोरा भित्र वाट प्रतिबन्धित नशालु पदार्थ (भांग) भेटिएपछि यस्तो खुलासा भएको हो ।

चेक जाँचकै क्रममा दालको बोरा भित्र वाट झण्डै ८० प्याकेट बढी प्रधिबन्धीत नशालु पदार्थ भांग फेला परेको भन्सार प्रमुख रामराजाप्रसाद चौरसियाले जानकारी गराए ।

मंगलवार दिउँसो सोनिया खातुन नामक व्यापारिलाई राजविराज भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद श्रेष्ठले ३ बोरा बदामको दाल तथा २ बोरा कागजको प्लेट वापतको ९ सय ५ रुपैयाँ भन्सार शुल्क लिई समान पठाएका थिए । यद्यपी कार्यालय परिसरमै रहेको नेपाल तथा सशस्त्र प्रहरीले समानको परिमाण प्रति शंका दर्साउदा भन्सारकै अन्य कर्मचारीहरुले समान रोकेर पुनः चेकजाँच गर्दा झण्डै १५ बोरा भन्दा वढि बदामको दाल, ५ बोरा कागजको प्लेट लगायत अन्य सामग्रीहरु उक्त व्यापारीवाट बरामद भएको थियो । चेक जाँचकै क्रममा दालको बोरा भित्र वाट झण्डै ८० प्याकेट बढी प्रधिबन्धीत नशालु पदार्थ भांग फेला परेको भन्सार प्रमुख रामराजाप्रसाद चौरसियाले जानकारी गराए ।

vansar-1
नायब सुब्बा ढुंगानाले व्यापारि खातुनसँग मात्र ९० केजी बदाम दालको भन्सार काटेर पठाएका थिए । जबकि मंगलवार दिउँसो भन्सार परिसरमा चेकजाँच भईरहँदा १५ बोरा बढि दाल फेला पारिएको थियो । प्रति बोरा ५० केजीका दरले पनि कम्तीमा उक्त दालको परिमाण साढे सात सय केजी जति हुनुपर्नेमा भन्सारका कर्मचारीहरुले व्यक्तिगत कमिशनको आधारमा यसरी ९० केजीको मात्रै भन्सार काटेर पठाएको हो ।

‘यो त एउटा उदाहरण मात्रै हो’, स्थानिय पुरुषोत्तम मिश्रले भने, ‘भन्सार चुहावटका थुप्रै विधिहरु मध्यै यहाँका कर्मचारीहरुले अपनाउने सवभन्दा ठुलो टुल्स हो यो ।’ भन्सार असुलि कम भयो भने सार्वजनिक रुपमा प्रहरी प्रसाशन तथा स्थानियहरु माथि दोषा रोपण गरिराख्ने भन्सारका कर्मचारीहरु आफै राजश्वर चुहावटमा लिन रहेको मिश्रको आरोप छ । उनी भन्छन्, ‘इमान्दारिता पुर्वक काम गर्न चाहने व्यापारिहरुलाई पनि यहाँका कर्मचारीहरुले नै भन्सार चुहावट गर्न सिकाउँछन्, थोरैको भन्सार काट्छन्, थोरै कमिशन, व्यापारि पनि खुशि, कर्मचारी पनि मख्ख, घाटा बेहोर्न त राज्य छँदै छन् ।’
राजविराज भन्सार कार्यालयका प्रमुख चौरसिया आफुहरुले व्यापारिले ल्याउने भारतीय जिएसटी विलका आधारमा समाग्रीहरुको नमुना हेरेर भन्सार काटने गरेको प्रतिक्रिया जनाए । उनले भने, ‘सबै समानहरु पालै पालो खोलेर हेर्न सक्ने अवस्था छैन, एकातिर कर्मचारीको अभाव छ, अर्को तिर व्यावहारिक रुपले पनि त्यस्तो गर्न अप्ठायारै हुन्छ ।’ दालको बोरा भित्र प्रतिबन्धीत नशालु पदार्थ भेटिएको सन्दर्भमा प्रमुख चौरसियाले यसवारे आफु आवश्यक अनुसन्धानमा जुटेको प्रतिक्रिया जनाए ।

vansar-3
यद्यपी स्थानियहरु भने भन्सार कार्यालय उक्त मुद्दालाई ढाकछोपमा जुटेको आरोप लगाएका छन् । स्थानिय व्ययवसायी राजेश मण्डलले समानको परिमाण सानो भएपनि मुद्दा गम्भीर रहेको वताउँदै यसवारे गम्भीरता पुर्वक छानविन गरि दोषि माथि कारवाहि गर्नुपर्ने वताउँछन् । ‘भन्सार काटिएको दालको बोरा भित्र वाट आज भांग फेला परयो, भोली हतियार फेला नपर्लान त्यसको के ग्यारेण्टी’, मण्डलले भने, ‘भन्सार काट्ने प्रक्रिया मात्रै मिचिएको छैन, कर्मचारीहरुको प्रवृति पनि छर्लङ्ग भएको हो ।’

राजविराज भन्सार कार्यालय मातहतका विभिन्न ६ वटा छोटी भन्सार कार्यालयहरुमा कर्मचारीहरुले ड्युटि नवस्ने, त्यहाँ कार्यरत करारका कार्यालय सहयोगिहरु मार्फत व्यापारिहरुसँग सेटिङ्ग मिलाउने लगायतका रवैयाले दिन प्रतिदिन राजविराज भन्सार कार्यालयको राजश्व स्रोत सुक्दै गएको स्थानिय नागरिक समाजका अगुवा अञ्जनीकुमार दासको भनाई छ ।

‘भन्सारको बार्षिक तथ्यांक निकालेर हेर्नुस संकलित राजश्व मध्यै ७० प्रतिशत बढि प्रहरीले पक्राउ गरेर दिएको समान तथा सवारी साधन लिलामि वाटै उठने गरेको पाउनु हुन्छ’, दासले भने, ‘सवभन्दा सहज काम भन्सारका कर्मचारीहरुको छ, लक्ष्य पुगेनन भने प्रहरीलाई गालि गर्ने, तस्करी भयो भनि गुनासो गर्ने, आफु बर्ष दिन सेटिङ्ग मिलाएर वस्ने, अन्ततः भन्सार विभागले लक्ष्य संशोधित गरिनै दिने हो, आफ्नो तलब भत्ता छदै छन् ।’