कार्यकर्ताको मिहनेतलाई सलाम : मोदी

pm-modiभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् । प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले अघिल्लो निर्वाचनको तुलनामा १८५ सिट गुमाएपछि उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’, उनले मंगलबार ट्विटरमा लेखेका छन्, ‘हारजीत जिन्दगीको हिस्सा हो ।’
यता भारतमा विधानसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टी ‘बीजेपी’ पार्टीले राजनीतिक गतिरोधको सामना गर्नुपरेको देखिएको छ।तीनवटा प्रमुख राज्यमा निर्वाचन मतपरिणाम बीजेपीको प्रतिकुल देखिएको हो । प्रमुख विपक्षी कंग्रेस पार्टीले छत्तिसगढ र राजस्थान राज्यमा आफ्नो सरकार बनाउने देखिएको छ ।pm modi
दुबै राज्यलाई पहिले बीजेपीको बलियो कब्जा रहेको क्षेत्र मानिन्थ्यो । मध्यप्रदेश राज्यमा पनि तिब्र प्रतिस्पर्धा देखिएको छ । यसले सन् २०१९ मा आमनिर्वाचनमा प्रभाव पार्ने अनुमान गरिएको छ । निर्वाचन भएको पाँचमध्ये अन्य दुई तेलंगाना र मिजोरम राज्यमा पनि कांग्रेसले मिजोरममा सरकार गुमाउने भएको छ तर, त्यहाँ भाजपा होइन, क्षेत्रीय पार्टी प्रष्ट बहुमतमा छ । तलंगनामा सत्तरुढ क्षेत्रीय पार्टी अझ बलियो भएको छ ।

https://twitter.com/Narendramodi_PM