तेश्रो मुलुकवाट आउने समान अब कोलकत्तावाट रेल मार्ग हुँदै जोगवनीमा

भारतीय कण्टेनर निगम लिमिटेडले पछिल्लो मार्चदेखि जोगवनीसम्म रेल पु¥याउने योजना राखेको थियो । आन्तरिक तयारी र आवश्यकीय समन्वय मिलाउँदा केही विलम्व भएको हो ।

तेश्रो मुलुकवाट भारतको कलकत्ता बन्दरगाह हुँदै नेपालका लागि आउने माल समान अब रेल–वे मार्फत विराटनगर सम्म आउने भएको छ । जोगवनी सम्म भारतीय रेल सेवा भएपनि तेश्रो मुलुकवाट भारत हुँदै आउने माल समान यस अघि विरगंज सम्म मात्रै पुग्ने गथ्र्यौ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ ।

५८ कण्टेनर बोकेर कोलकाताबाट हिँडेको मालवाहक रेल
५८ कण्टेनर बोकेर कोलकाताबाट हिँडेको मालवाहक रेल

तेस्रो मुलुकबाट नेपालका लागि आएका ५८ कण्टेनर बोकेर मालवाहक रेल कोलकाताबाट हिँडेको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई उद्धृत गर्दै विराटनगर स्थित भारतीय दुतावासको क्याम्प अफिसले जनाएको छ । भारतीय जोगवनीको बथनाह स्टेसनमा रेलमार्फत आएको मालसामान अब बिराटनगर सम्म ल्याउन निकै सहज हुने व्यापारिहरुको भनाई छ ।

यसबाट पूर्वी नाकाबाट हुने वैदेशिक व्यापार सहज हुने विराटनगरका उद्योगि व्यवसायी महेस जाजुले वताए । कोलकता बन्दरगाहबाट कण्टेनर लिएर बथनाहा आइपुगेपछि त्यहाँबाट व्यवसायीले ढुवानीका अन्य साधनमार्फत कण्टेनर ल्याउनुपर्ने हुन्छ ।

व्यवसायीले अहिलेसम्म विराटनगर नाकाका लागि ट्रकबाट सामान आयात गर्दै आएकोमा कोलकाता बन्दरगाहबाट रेलमार्फत ढुवानी गर्न पाउने भएका छन् । ट्रकको तुलनामा रेलको भाडा कम पर्ने र समय पनि बचत हुनाले आयातको लागत घट्ने व्यापारिहरुको भनाई छ ।

विराटनगरका लागि कण्टनेर कार्गो शुरु भएपछि कोलकाता बन्दरगाहको जामसमेत न्यूनीकरण हुने बन्दरगाहको दाबी छ । तेस्रो मुलुकबाट आउने सबैभन्दा बढी कार्गो कोलकाता बन्दरगामा आउने गरेको छ । भारतीय कण्टेनर निगम लिमिटेडले पछिल्लो मार्चदेखि जोगवनीसम्म रेल पु¥याउने योजना राखेको थियो । आन्तरिक तयारी र आवश्यकीय समन्वय मिलाउँदा केही विलम्व भएको हो ।