दशैंमा दसा,माओवादी नेता भन्नालालको छोरा प्रेमको हत्या

43604391_1109202965895020_6767085531672084480_nपुरानो रिसइवीलाई लिएर यहाँ एक युवाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

बुधवार साँझ एक समुहले धारिलो हतियार प्रहार गर्दा राजविराज–१ डुमरी शिवथान निवासी २१ वर्षिय प्रेम यादवको ज्यान गएको हो ।

प्रहरीका अनुसार स्थानीय तेतरीगाछी चौक नजिकै साँझ ७ बजेतिर एउटा समुहको धारिलो हतियार प्रहारबाट गम्भिर घाईते भएका यादवलाई तत्कालै उपचाकालागि विराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गराइएको थियो । उपचारकै क्रममा विहिवार विहान यादवको मृत्यु भएको डिएसपी भावेश रिमालले बताए ।

मृतकका पिता भन्नालाल यादव तत्कालिन नेकपा माओवादी केन्द्रका राजविराज नगर कमिटिका संयोजक थिए । मृतक उनको कान्छो छोरा हुन् । डिएसपी रिमाललले घटनापछि आक्रमणकारीहरु फरार भएको बताएका छन् । उनले प्रारम्भिक अनुसन्धानको क्रममा पुरानो रिसइवी साध्न हत्या गरिएको खुल्न आएको बताए ।

उनले हत्यामा संलग्न भएकाहरुको पहिचान भईसकेको र चाँडै पक्राउ पर्ने दावी पनि गरे । उपचारको क्रममा यादवको मृत्यु भएको खबरसँगै भन्नालालको परिवारमा रुवावासी चलेको छ । चारैतिर दर्शैको उल्लास छाएको बेला यादवको हत्याको खबरले यादव परिवारका साथै पुरै टोल शोकाकुल बनेका छन् ।

यसैबीच सभासद मनिष कुमार सुमन तथा पूर्व सिँचाई मन्त्री उमेश कुमार यादवले विहिवारै छुट्टाछुट्टै प्रेस विज्ञप्ति मार्फत घटनाको घोर निन्दा गर्दै हत्यामा संलग्न अपराधीलाई अविलम्ब पक्राउ गरी कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माँग गरेको छ ।