दिपेन्द्र चौधरी हत्या प्रकरणमा प्रदर्शन

50563393_371298296990415_5612820230582566912_nसप्तरीको दिपेन्द्र चौधरी हत्या प्रकरणमा विहिवार सदरमुकाम राजविराजमा मृतकका आफन्तजन सहित स्थानिय सर्वसाधारण एवम् राजपा नेपाल निकटका विद्यार्थीहरुले प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरुले राजविराज नगरको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीको मुलगेटमा नारावाजी र धर्ना सहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले सदरमुकामको मुख्य बजार जनआन्दोलन चौक तथा गजेन्द्र चौक क्षेत्रमा टायर बालेर प्रदर्शन सहित सडक अबरुद्ध समेत पारेका थिए । प्रदर्शन पश्चात आयोजित विरोधसभामा राजपा केहि नेताहरु समेत सहभागि भए । प्रदर्शनकारीहरुले घटनाको न्यायिक छानविन सहित दोषि प्रहरीहरु माथि कारवाहिको माग अघि सारेका छन् । मृतक चौधरीको शव आझै पनि आफन्त जनले बुझेका छैनन् । शव हाल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 50507906_772221873121639_8042307376788799488_n

घटना बुधवार विहान ५ बजे तिरको हो । प्रहरीका अनुसार राजविराज–रुपनी सडक खण्ड अन्तर्गतको रुपनी बजार क्षेत्र भन्दा झण्डै ८ सय मिटर दक्षिण सुरक्षा चेकजाँचमा रहेको प्रहरी टोली माथि मोटर साईकलमा सवार दुई व्यक्तिले फायरिंग गरेको तथा आत्मरक्षाका निम्ती प्रहरीले चलाएको गोली लागेर चौधरीको मृत्यु भएको हो । यद्यपी मृतकका आफन्त जन सहित स्थानिय सर्वसाधारणहरुले उक्त घटनामा प्रहरीले चौधरीलाई भारतवाट समातेर गोली हानि हत्या गरेको आरोप लगाउँदै आएका छन् ।