नारि दिवशमा नारीलाई सम्मान गर्ने

sansakriti-1सुनसरीमा एक सय नवौं अन्तराष्ट्रिय नारी विदशमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने भएको छ ।

लैगिंक हिसाँ नियन्त्रण जिल्ला सञ्जाल सुनसरीले विभिन्न कार्यक्रमका साथै महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने भएको हो । दिवश अर्थात ८ मार्चमा महिला अधिकारका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्ने र शुक्रबार विहान प्रभातफेरी कार्यक्रम गर्ने भएको सञ्जालले जनाएको छ ।

सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीको संयोजक्त्वमा बसेको लैगिंक हिसाँ नियन्त्रण जिल्ला सञ्जालको बैठकले मार्च ८ का दिन शुक्रबार प्रभातफेरी र सम्मान गर्ने निणर्य गरेको हो ।

उपरीक्षक अधिकारीले जिल्लामा पाँच सय बढी सरोकारबालाहरुको सहभागितामा प्रभातफेरी गर्ने तयारी भएको जानकारी दिनुभयो । वहाँले कार्यक्रमलाई सार्थक पार्नका लागि जिल्ला सञ्जाल सहित विभिन्न संघ संस्थाहरु र महिलाहरुको सहभागिता अनिर्वाय गरिएको बताउनुभयो ।

बैठकमा सञ्जालका सितोश पोखरेल, विनुमाया बस्नेत, तोया गिरी, तिर्थ अधिकारी, जयकृष्ण यादव सहितको उपस्थिती रहेको थियो । वैठकले इनरुवाको भगवती माविबाट प्रभातफेरी सुरु गर्ने , त्यसपछि एड्भान्स एफएम अगाडी हुदै, सुपर मार्केट लोकतान्त्रिक चौक, शान्तिचौक सहित बसचौकमा कोण सभा गर्ने निर्णय गरेको छ ।

जिल्लामा दिवशको सार्थक सन्देशका लागि महिला अधिकारका क्षेत्रमा योगदान गर्ने नारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको जनाएको छ ।