नेपालको बृहत्तर विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य : अस्ट्रेलियन राजदुत पिटर

नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बड ।
नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बड ।

नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बडले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण र मनोरम देश भएकोले कृषिका अतिरिक्त पर्यटन व्यवसायको सम्भावना पनि उत्तिकै रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) मार्फत सप्तरीको सप्तकोसी नगरपालिका ४, बलार्दहमा सञ्चालनमा ल्याइएको ‘पानी तान्ने सौर्य पम्प’को आज उद्घाटन गर्न आएका पिटरले सरकारको एक्लो प्रयासले मात्र विकास सम्भव नभएकोले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।

अस्ट्रेलियन सरकारले नेपालको विकासका लागि ५/६ दशकदेखि निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि आफ्नो देशले नेपाली जनताको हितका लागि सकेसम्म सहयोगको क्षेत्र विस्तार गर्दै लाने उनको भनाइ छ।

नेपालको बृहत्तर विकासका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको बताउदै पिटरले शिक्षा , लघु उघ्यमशिलता र जीबिकाेपार्जन लगायतका क्षेत्रमा आफ्नो सरकारले सहयाेग गर्दै अाईरहेकाे बताए । उनले भने, ‘यही कारण हो, हरेक वर्ष करिब ३० हजारको संख्यामा अस्ट्रेलियन नागरिक नेपाल घुम्न आउँछन्।’ पर्यटनको क्षेत्रमा पनि अस्ट्रेलियन सरकारले नेपाल सरकारसँग सहकार्य गर्ने लागेको बताए।20180406_122234

पिटरले अस्ट्रेलियन सरकार र इसिमोडको सहकार्यमा स्थानीय कृषक मुरारी कार्कीको खेतमा जडान गरिएको सौर्य पम्पको उद्घाटन समेत गरे। कार्यक्रममा सिचाइ बिभागका नायब महानिर्देशक चुर्ण वली,पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश झा,एनएमबी बैंकका सिईअाे सनिल केसी , सप्काेशी नगरपालिका मेयर उत्तम कार्की , ईसीमाेडका मिडिया युनिटकी बिन्दु भण्डारी लगायतकाले कृषकहरूकाे जीवन परिवर्तनमा ईसिमाेडले पुरयाएकाे याेगदान बारे चर्चा गरेका थिए।

कार्यक्रममा बलार्दका कृषक मुरारी कार्कीले साैलार पम्पले किसानकाे जीवनमा काेसेढुङगा साबित भएको बताउदै पानी किसानकाे हातमा हुनुपर्ने बताए । उनले भने-” चन्द्र नहरकाे मुखमै मेराे १० कठ्ठा जग्गा बर्षाेदिनदेखि बाझाे थियाे, जब साैर्य उर्जाबाट संचालित पम्प जडान गरे बर्सेनि 50 हजारकाे बाली उब्जाएको छु। कार्यक्रममा १२३ जना कृषकहरूलाई एनएमबि बैंकको सहयोगमा ११ प्रकारको बिउबिजन बितरण गरेका थिए।

सिचाइकाे अभाबमा कृषकहरूले भाेग्नुपरेका पीडा सुनाउदै बलार्दका किसान मुरारी कार्की ।
सिचाइकाे अभाबमा कृषकहरूले भाेग्नुपरेका पीडा सुनाउदै बलार्दका किसान मुरारी कार्की ।

सप्तरीमा कुल २३ वटा पम्प जडान गरिएको जानकारी दिइएको छ। कुल ३ लाख ८० हजार पर्ने पम्पका लागि ईसीमाेडले ६० प्रतिशत अनुदान दिएकाले कृषकले कुल १ लाख ५२ तिर्नुपर्ने ब्यवस्था मिलाइएको इसिमोडका निर्देशक वसन्त श्रेष्ठले जानकारी दिए । कार्यक्रमकाे संयाेजन स्थानीय संस्था सबल नेपालले गरेको थियाे।भने एनएमबी बैंककले कुल ८ लाख ५० हजार बराबरको बिउबिजन लगायतका शीर्षकमा सहयाेग गरेको ईसीमाेड मिडिया युनिटकी भण्डारीले बताए।कार्यक्रमकाे संयाेजन स्थानीय संस्था सबल नेपालले गरेको थियाे।कार्यक्रमकाे संयाेजन स्थानीय संस्था सबल नेपालले गरेको थियाे।