नेपाली चलचित्र साइली आगामी चैत्र १५ गतेबाट प्रर्दसनी

IMG_3875गायक हेमन्त रानाको चर्चित गित सुन साइँलीको भावलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र साइली आगामी चैत्र १५ गतेबाट प्रर्दसनीमा आउने भएको छ ।

सामाजिक प्रेम कथा वस्तु समेटेर निर्माण भएको चलचित्र साइली आगामी चैत्र १५ गते देखि देशभर प्रदर्सनीमा आउने प्रचारप्रसारका लागि पुर्व आएका कलाकारहरुले वताएका हुन ।

बैदेशिक रोजगारीमा गएका श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीविचको माया प्रेमलाई कलाकारहरुले मार्मिक रुपमा प्रस्तुत गरेको चिलचित्रका नायक गौरव पहाडीले वताए । उनले चलचित्रमा सामाजिक प्रेम कथालाई प्रमुख रुपमा उठान गरिएको भएपनि सबै वर्गका दर्सकहरुले मन पराउने गरी चलचित्र निर्माण गरिएको समेत जानकारी दिए ।

प्रचारप्रसारका लागि इटहरी आइपुगेका अर्का कलाकार दयाहागं राईले चलचित्र हेरिसकेपछि आफनै कथा वस्तु समेटीएको भाव दर्सकहरुमा पर्ने वताए । जी एच इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको चलचित्र साइलीमा गौरभ पहाडी , दयाहागं राई , मेनुका प्रधान, किनिपा सिहं, माओत्से गुरुगं, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभियन रहेको छ ।