नेपाल–भारतलाई रेल्वे संजालबाट जोडिए दुबै देशलाई फाइदा : भारतीय राजदुत

भारतीय स्वतन्त्रता संग्राम, नेपालको प्रजातान्त्रिक आन्दोलन र हनुमाननगर जेल ब्रेक घटनालाई स्वर्णिम घटनाको संज्ञा दिँदै  नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले भने,- ती सबै घटनाले नेपाल र भारतको उपल्लो तहमा मात्र नभई जनस्तरबाट पनि आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उनले नेपाल र भारत बीच सदिऔंदेखी मित्रवत सम्बन्ध रहँदै आएको चर्चा गर्दै नेपालको सबै क्षेत्रको विकासमा भारत सरकारले आगामी दिनमा पनि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए ।

नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरी
नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरी

नेपालका लागि भारतीय राजदुत मञ्जित सिंह पुरीले रेल्वेको बाक्लो संजाल रहेको भारतसँग नेपाललाई जोड्न सकिए दुबै देशलाई लाभ पुग्ने बताएका छन् । राजविराजमा शनिबार जेपी लोहिया रामेश्वर मेमोरियल ट्रष्ट तिलाठी–कोइलाडी सप्तरीले हनुमाननगर जेल ब्रेक काण्डको ७५ औं स्मृति दिवसको अवसर पारेर आयोजना गरेको, “नेपालको प्रजातान्त्रिक संघर्षमा लोक नायक जयप्रकाश नारायणको योगदान” विषयक विचार गोष्ठिमा प्रमुख अतिथिको आसन्नबाट उनले सो विचार व्यक्त गरेका हुन् । उनले भने, “नेपाल रेलवे संजालमा जोडिए पछि आयात निर्यात र व्यापार सहज हुन्छ, ढुवानी खर्च लागत पनि कम भई सस्तोमा उपभोक्ताले सरसामान पाउने छन्, जसबाट दुबै देशलाई फाइदा पुग्ने छ ।”

बिराटनगर, जयनगर र जनकपुर लगायतका स्थानलाई रेलवे लाइनसँग जोड्ने काम भइरहेको छ, भारतीय राजदुत पुरीले भने, “अन्य स्थानलाई पनि रेलवे लाइनसँग जोड्ने गरि दुबै देश अघि बढेको छ ।” नेपालको विकासका लागि भारत सरकार सधै सकारात्मक रहेको र यो क्रम चलिरहने उनले बताए । नेपालमा रेल बिस्तार कार्यलाई भारत सरकारले विशेष महत्व दिएको उनको भनाई थियो ।

भारतीय स्वतन्त्रता संग्राम, नेपालको प्रजातान्त्रिक आन्दोलन र हनुमाननगर जेल ब्रेक घटनालाई स्वर्णिम घटनाको संज्ञा दिँदै उनले ती सबै घटनाले नेपाल र भारतको उपल्लो तहमा मात्र नभई जनस्तरबाट पनि आपसी सम्बन्ध अझ प्रगाढ बनाएको बताए । उनले नेपाल र भारत बीच सदिऔंदेखी मित्रवत सम्बन्ध रहँदै आएको चर्चा गर्दै नेपालको सबै क्षेत्रको विकासमा भारत सरकारले आगामी दिनमा पनि सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता पनि जनाए ।

embassy of indiaभारतीय सहयोगमा जिल्लामा निर्माण गरिएका अधुरो योजना अविलम्ब पुरा हुने उनको आश्वासन थियो । कार्यक्रममा राजदुत पुरीलाई राजविराज नगरपालिका, जिल्ला समन्वय समिति तथा नेपाल भारत मैत्री युवासंघद्वारा दोसल्ला र अभिनन्दन पत्रबाट सम्मान गरिएको थियो । त्यस्तै हनुमाननगर जेल ब्रेक काण्डका सहिद परिवारलाई राजदुत पुरीले सम्मान गरेका थिए ।

आयोजक ट्रष्टका अध्यक्ष एवं वरिष्ठ कानुन व्यवसायी हिम्मत सिंहद्वारा संचालित कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमन, पूर्वमन्त्री मिथिला चौधरी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, पत्रकार चन्द्रकिशोर, नेविसंघका पूर्व सभापति देवेन्द्र नेपाली लगायतले हनुमानगर जेल ब्रेक काण्डको स्मरण गर्दै उक्त ऐतिहासिक घटनाले दुबै देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाएको बताए । साथै उनीहरुले वर्तमान परिवेशमा नेपाल–भारत सम्बन्ध दुबै मुलुकको विकास, समृद्धि तथा सुरक्षाको आधारमा अगाडी बढ्नु पर्ने सुझाव समेत दिएका थिए ।

सो अवसरमा प्रदेश सभा सदस्य मनिष सुमन, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले सप्तरीमा मेडिकल कलेज र कृषि विश्वविद्यालयको स्थापना, सीमा क्षेत्र कुनौलीसम्म रेलवे हेड निर्माण, खाँडो नदी नियन्त्रण लगायतका विषयमा पहल गर्न राजदुत पुरीको ध्यानाकर्षण गराएका थिए।