नेपाल र भारतको खुला सिमा वारे खुल्ला चर्चा

DSC02411नेपाल–भारतविच खुला सिमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने विषयमा दुवै देशका उच्च अधिकारीवीच छलफल चलिरहेका वेला यस विषयमा स्थानीय स्तरमा दुवै देशका नागरीक अगुवा विच वहस चलाईएको छ ।

नेपाल–भारत खुला सिमा सम्वाद समुहले शुक्रवार सदरमुकाम राजविराज स्थित जिल्ला समन्वय समितिको सभा कक्षमा दुवै देशका नागरीक अगुवाको भेला गरी परिचय पत्र लागु गर्ने र सिमा क्षेत्रमा तार जाली लगाउदा पर्ने असर वारे वहस चलाएको हो ।

भेलामा सहभागि अधिकांश वक्ताले वर्तमान परिवेशमा सिमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने दुवै अवस्थाको विरोध गर्दै यसले सदियौंदेखि कायम रहेको नेपाल–भारतको सुमधुर सम्वन्धमा चिसोपना ल्याउने दावी गरे । कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नेपाल–भारत सम्वन्ध वहुआयामिक रहेको चर्चा गर्दै सिमा क्षेत्रमा तार जाली वा परिचय पत्र लागु गरेर समस्या झन वल्झिने जिकिर गरे ।

भौगोलीक वनावट, भाषा संस्कृति र पिपुल टु पिपुल सम्वन्धका आधारमा नेपाल भारत सम्वन्ध युनिक रहेको चर्चा गर्दै उनले ब्यवहारीक धरातल र रियालीटि–वेमा नेपाल भारत सम्वन्ध अगाडि वढ्नु पर्नेमा जोड दिए ।

राजनितिक विश्लेषक प्रा. अमरकान्त झाले नेपाल र भारतका ४÷५ जना केहि प्रवुद्ध भनाउँदाहरुले काठमाण्डौमा वसेर सिमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने षडयन्त्रमा लागेको चर्चा गर्दै यस विरुद्ध मधेशका मात्र होईन भारतका जनता समेत मिलेर आवाज उठाउनु पर्नेमा जोड दिए ।DSC02399

इतिहाँस विद डा. पिताम्वरलाल यादवले वर्तमान परिवेशमा सिमा क्षेत्रमा तार जाली लगाउने वा परिचय पत्र लागु गर्ने दुवै कुरा दुवै देशका नागरीकको हितमा नरहेको जिकिर गर्दै अपराध नियन्त्रण र सुरक्षाका लागि सिमा क्षेत्रमा सुरक्षा मजवुत र निगरानी वढाए सवै समस्याको समाधान हुने वताए ।

भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ताले सिमा क्षेत्रमा मानव तस्कतरी, हातहतियार कारोवार, लागु औषध मदिराको ओसार पसार, चोरी तस्करी र अपहरण जस्ता घट्ना रोक्न तारजाली वा परिचय पत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ति र निगरानी गर्दा उपयुक्त हुने सुझाव दिए ।

नेपाल–भारत खुला सिमा सम्वाद समुहका संयोजक राजिव झाकाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रिय सहमहासचिव गजेन्द्र मण्डल, सम्वाद समुहका सदस्य द्वय अनिल महासेठ, डा. अमरेन्द्र यादव, प्रदेश सभा सदस्यद्वय विकेश्वर यादव, नेत्रविक्रम साह, वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, पत्रकार दिनानाथ यादव, राजपाका केन्द्रिय सदस्य द्वय दिनेश यादव, अमरनाथ मण्डल, नेपाली कांग्रेसका मो. ईर्साद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, भारतको कुनौली ग्रामपञ्चायतका प्रमुख सत्यनारायण रजक, लगायतले पनि वोल्दै वर्तमान परिवेशमा सिमाक्षेत्रमा तारजाली र परिचय पत्र लागु गर्नुको सट्टा दुवै मुलुकको विकास, समृद्धि र सुरक्षाका लागि सिमा क्षेत्रमा संयुक्त गस्ति र उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिएका थिए।