पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश भ्रमण आउदो मंगलबार देखि

481d9194f07e3478c839bf97ae3c8357_XLअर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश भ्रमण आउदो मंगलबार देखि शुरु हुदै छ ।

पूर्वराजा ज्ञानेन्द्रले बुधबारदेखि जनकपुर केन्द्र बनाएर प्रदेश नम्बर २ का धनुषा, सर्लाही, उदयपुर र सप्तरी लगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको पूर्वराजाको सचिवालयले जनाएको छ ।

कार्यक्रम अनुसार पूर्वराजा फाल्गुन २९ गते जनकपुर पुगेर ३० गते सर्लाहीको मलङ्गवामा दुर्गा मन्दिरको पूजापाठ गर्नेछ । चैत १ गते उनले जानकी मन्दिरमा पूजापाठ चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम तय भएको छ त्यस्तै ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा फर्कदै छ ।

ज्ञानेन्द्रकी आमा पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजाको सचिवालयले जनाएको थियो।

९१ वर्षकी रत्नको स्वास्थ्य अवस्था बिग्रिएपछि गत मंगलबार साँझ ५ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। पूर्व राजा ज्ञानेन्द्र शाहबाहेक राजपरिवारका सदस्यहरु सबै अस्पताल मंगलबारै पुगेका थिए ।