प्रदेश नम्बर २ मा २९ अर्ब ७८ करोड ७७ लाखको बजेट,कृषिलाई विशेष प्राथमिकता

Bijayakumar-yadav
प्रदेश २ का अर्थमन्त्री विजयकुमार यादवले शुक्रबार प्रदेश संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै ।

प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब   ७८ करोड ७७ लाख विभिन्न सामाजिक अभियानसहितको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले शुक्रबार प्रदेश संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश १ : ३५ अर्ब
प्रदेश २ : २९ अर्ब
प्रदेश ३ : ३५ अर्ब
प्रदेश ४ : २४ अर्ब
प्रदेश ५ : २८ अर्ब
प्रदेश ७ : २५ अर्ब

२८ अर्बको अनुमानित बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको छ । आर्थिक मामिलामन्त्री यादवले कृषिलाई बजेटमा बढी प्राथमिकता दिइएको बताए । उनले त्यसपछि स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिए । ‘अनुमानित २७ देखि २८ अर्बको बजेट पेस हुँदैछ,’ मन्त्री यादवले भने, ‘बजेटमा धेरै कुरा विशेष र नयाँ छ ।’
मन्त्री यादवले संसदमा प्रस्तुत गरेको बजेट अनुसार यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छ । १ अर्ब २६ करोड रुपैयाँ यातायात क्षेत्र बिस्तारका लागि बिनियोजना गरिएएको छ ।

प्रदेश नं २ को प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट पेस गरेका हुन् । चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याइएको छ ।

मन्त्री यादवले बजेटमा किसानको हित सरकारको जित कार्यक्रम, मुख्यमन्त्री स्वच्छता अभियान, स्वच्छ प्रदेश स्वच्छ जनता कार्यक्रम, माछापालन विशेष कार्यक्रम, मधेस प्रतिष्ठान कोष स्थापना लगायतका कार्यक्रम घोषणा गरेका छन् । उनले कृषि, सिचाइ, पर्यटनका साथै रोजगारी सिर्जना गर्ने कार्यक्रममा सरकारले ध्यान दिएको बताए । बजेटमार्फत मुख्यमन्त्री राहत तथा पुनस्र्थापना कोष स्थापना गर्ने, उद्योग स्थापना गर्न निजी क्षेत्र लक्षित कार्यक्रम ल्याउने, महिला हिंसा, बलात्कार, दाइजोप्रथा रोक्न, बोक्सी प्रथा रोक्न विशेष कार्यक्रमको पनि घोषणा गरिएको छ ।provence-2 (2)

त्यस्तै कृषि क्षेत्रका लागि मा १ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । निर्वाचन क्षेत्र विकासका लागि ३२ करोड रुपैयाँ छुट्याइएको छ । यो शीर्षकमा प्रदेश सांसदले जनही ५० लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

बजेट प्रस्तुत गर्ने क्रममा सरकाले भ्रष्टाचारबिरुद्ध कडा रूपमा प्रस्तुत हुने घोषणा मन्त्री यादवले गरेका छन् । यादवले २० करोड ९२ लाख रुपैयाँ बजेट ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि छुट्याएका छन् ।

त्यसैगरी मुख्य मन्त्री स्वछ्ता अभियानका लागि २१ करोड ६२ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । त्यस्तै राहत तथा पुनःस्थापन कोषका लागि १६ करोड रुपैयाँ बजेट बिनियोजना गरिएको छ ।

त्यसैगरी सरकारले कु-प्रथाहरु दाइजो र बालबिवाह अन्त्यका लगि पनि बजेटको ब्यवस्था गरेको छ। प्रदेश सरकारले लामखुट्टेबाट प्रदेशबासीलाई जोगाउन सुपानेट झुल बितरणका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

त्यसैगरी राजर्ष जनक बिश्वबिद्यालयका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ। २ करोड ८५ लाख रुपैयाँ बजेट स्याटेलाइन सहरको सम्भाब्यता अध्ययनको लागि बिनियोजन गरिएको छ ।

प्रदेश सरकारले अस्पतालहरुको क्षमता बिस्तार गर्न ३० करोड रुपैयाँ बजेट राखेको छ । प्रदेशका ८ जिल्लामा शीत भण्डार निर्माणका लागि ५६ करोड बिनियोजन गरिएको छ।

खेलाडी प्रोत्साहनका लागि प्रदेश सरकारले ९ करोड ७४ लाख रुपैयाँ बिनियोजन गरेको छ भने पर्यटन क्षेत्र बिकासका लागि पनि बजेट छुट्याइएको छ। प्रदेश सरकारले १ करोड रुपैयाँ बजेट सिरहाको माडरमा तेन्जिङ-हिलारी गेट निर्माणका लागि बिनियोजन गरेको छ।