प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई

DSC09554हिरोज स्पोटिङ्ग क्लव कंचनरुप नगरपालिका ३ बरमझियाद्वारा संचालित २ नं. प्रदेश स्तरिय १९ औं हिरोकप फुटवल प्रतियोगिताको उपाधि पर्सा ११ ले जितेको छ ।
शुक्रबार सम्पन्न फाईनलमा सर्लाही ११ लाई १–० गोल अन्तरले हराउँदै पर्सा ११ ले हिरोकप हात पारेको हो ।

जित सँगै विजेता बनेको पर्सा ११ ले १ लाख नगद सहित हिरोकप प्राप्त गरे । उप बिजेता हुने सर्लाही ११ ले नगद ५० हजार पुरस्कार प्राप्त गरे । रोमांचक र प्रतिस्पार्धत्मक बनेको खेलमा पर्साले संघर्षपुर्ण जित निकाल्ने क्रममा पहिलो हाफको ३२ औं मिनेटमा कृपाकान्त चौधरीले डिएरियाबाट गरेको कडा प्रहार जाली चुमेको थियो ।

सो गोललनै निर्णायक बन्यो । दोस्रो हाफमा सर्लाहीले निकै आक्रमक खेल खेल्दै गोल फर्काउने प्रयास गरेपनि पर्साका सशक्त रक्षापतिका खेलाडीहरुले विफल पारेका थिए । प्रतियोगिता समाप्ति पछि आयोजक क्लवका अध्यक्ष बिजयी कुमार चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य डा. सुर्य नारायण यादव, कंचनरुप नगरपालिकाका मेयर बसन्त कुमार मिश्र, कृष्णा शवरण गाउँपालिकाका प्रमुख परशुराम चौधरी लगायतले बिजयी खेलाडीहरुलाई कप शिल्ड र नगद पुरस्कार वितरण गरेका थिए । १७ मंसिर देखि सुरु भएको प्रतियोगितामा प्रदेश २ अन्तर्गतका सवै ८ वटा जिल्ला टिमको सहभागीता थियो ।