प्रदेश स्तरिय हिरोकप १७ मंसिर देखि

Khelkuthप्रदेश स्तरिय १९ औं हिरोकप फुटवल प्रतियोगिता आगामी १७ मंसिर देखि हुने भएको छ ।

  श्री हिरोज स्पोटिङ्ग क्लव कंचनपुर नगरपालिका ३ बरमझिायको आयोजनामा १७ देखि २५ मंसिर सम्म सो प्रतियोगिता हुन लागेको हो ।

प्रदेशमा फुटवल खेलको विकासमा टेवा पुर्याउने उदेश्यले आयोजना हुन लागेको प्रतियोगितामा प्रदेश २ का सबै ८ वटै जिल्लाका टिमको सहभागीता रहने आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका छन् ।

आयोजक समितिका अध्यक्ष विजय कुमार चौधरीका अनुसार ८ लाख रुपैया बजेट तय गरिएको प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र दोस्रो हुने टिमलाई ५१ हजार नगद सहित कप र शिल्ड प्रदान गरिने छ ।

नकआउट प्रणालीका आधारमा संचालन हुने प्रतियोगिताको सवै खेल बरमझिया खेल मैदानमा संचालन हुने छ । प्रतियोगिताको उदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गर्ने तय भएको आयोजक समितिका अध्यक्ष चौधरीले जनाकारी दिएका छन् ।