भारतमा ११ अप्रिलदेखि आम चुनाव,९० करोडले गर्नेछन् मतदान

17वीं लोकसभा के गठन के लिए 90 करोड़ लोग वोट डालेंगे. 18 से 19 साल के डेढ़ करोड़ वोटर इस चुनाव में पहली बार हिस्सा लेंगे. मुख्य चुनाव आयुक्त के मुताबिक आठ करोड़ 43 लाख नए मतदाता इस बार अपने मताधिकार का इस्तेमाल करेंगे

भारत के मुख्य चुनाव आयुक्त सुनील अरोड़ा
भारत के मुख्य चुनाव आयुक्त सुनील अरोड़ा

भारतीय चुनाव आयोगले आइतबार पत्रकार सम्मेलन गरी आच चुनावको तालिका सार्वजनिक गरेको हो ।भारतको आम चुनावको मतदान सात चरणमा हुने भएको छ । ११ अप्रिलबाट सुरु हुने मतदान १९ मेमा सकिनेछ र २३ मे बाट मत गणना सुरु हुनेछ ।

चुनाव आयोगका अनुसार तेलंगना, तामिलनाडू, झारखण्ड, अन्डमान एण्ड निकोबार र दादरमा एकै चरणमा चुनाव हुनेछ । कर्नाटका, मनिपुर, राजस्थान र त्रिपुरामा दुई चरणमा हुनेछ भने आसम र छत्तिसगढ राज्यको चुनाव तीन चरणमा सकिनेछ । यसैगरी झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र र ओडिसाको चार चरणमा तथा झारखण्डमा पाँच चरणको चुनाव हुनेछ भने विहार, उत्तर प्रदेश र पश्चिम बंगाल प्रदेशमा सातै चरणको चुनाव पर्नेछ ।

आयोगका अनुसार १७ औं लोकसभा गठनका लागि हुने चुनावमा ९० करोड मानिसले मतदान गर्नेछन् । उनीहरु मध्ये ८ करोड ३४ लाख नयाँ मतदाता छन् । १८ देखि १९ वर्षका नयाँ मतदाता मात्र डेढ करोड रहेका छन् । १० लाख मतदान केन्द्र हुनेछन् भने हरेक मतदान केन्द्रमा भोटर भेरिफिकेसन पेपर अडिट ट्रोल (भीभीप्याट) हुने मुख्य चुनाव आयुक्त सुनिल अरोडाले बताए ।

निर्वाचनको मिति घोषणा भएसँगै आइतबारबाटै निर्वाचन आचारसंहिता लागू भएको छ । कुनै पनि मानिसले आचारसंहिता उल्लघनको जानकारी एन्ड्रोएड एपमार्फत दिन सक्नेछन् र उजुरीकर्ताको पहिचान गोप्य राख्न पनि सकिनेछ । इलेक्ट्रोनिक भोट्रिङ मेसिनको जीपीएसबाट ट्रक पनि गरिनेछ ।

भारतीय संविधानअनुसार लोकसभाको सिटको अधिकतम संख्या ५५२ हुनसक्छ । अहिलेको सिट संख्या ५४५ छ । जसमध्ये सबै राज्य र केन्द्र शासित प्रदेशमा ५४३ सिटका लागि आम चुनाव हुनेछ । यसका साथै यदि राष्ट्रपतिलाई एंग्लो इण्डियन समुदायका मानिसहरुको प्रतिनिधित्व पर्याप्त छैन भन्ने लागेमा दुई जना मनोनित गर्न सक्नेछन्।election india

कुल सिटमध्ये १३१ आरक्षित सिट हो, जसमा अनुसूचित जातिका लागि ८४ र अनुसूचित जनजातिका लागि ४७ सिट आरक्षित छ । कुनै पनि पार्टीलाई बहुमत प्राप्त गर्न २७२ सिट जित्नुपर्छ । विपक्षी दलको नेता हुन कम्तीमा ५५ सिट चाहिन्छ ।

सन् २०१४ मा चुनावको घोषणा ४ मार्चमै भएको हुँदा यसपटक मिति घोषणा गर्न ढिलाई गरेको भन्दै विपक्षी दलहरुले आयोगको आलोचना गरेका थिए। आयोगले आजै लोकसभाको चुनावको घोषणासँगै आन्ध्र प्रदेश, उडिसा, सिक्किम र अरुणाचल प्रदेशको विधान सभा चुनावको मिति पनि घोषणा पनि गरिएको छ।

विगत केही दिनयता भारतीय सन्चारमाध्यमहरुमा मोदी सरकारले गरेको विज्ञापनले पनि विपक्षीहरुको उक्त आरोपलाई केही हदसम्म सही ठहर्याउँछ। मोदी सरकारका उपलब्धि समेटिएका त्यस्ता विज्ञापन विशेषगरी राजधानी दिल्लीबाट प्रकाशित हुने प्रमुख अखबारमा देख्न पाइन्छ । पछिल्ला केही साता द हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया, इन्डियन एक्सप्रेस, द हिन्दु, नवभारत टाइम्स, हिन्दुस्तान लगायतका प्रमुख अखबारमा सरकारका उपलब्धिसहितका विज्ञापनको बाहुल्य छ । भाजपा नेतृत्वको उत्तरप्रदेश (यूपी) सरकारले पनिआफ्नो प्रचारप्रसारमा कुनै कमी छाडेको छैन । लोकसभामा सबैभन्दा बढी सांसद चुनेर पठाउने भएकाले यूपीको चुनावी परिणामले भारतीय राजनीतिमा ठूलो महत्त्व राख्छ । ५४५ सदस्य संख्या रहेको लोकसभामा यूपीबाट मात्र ८० सदस्य चुनिएर आउँछन् ।