भारतीय दुतावासमा ७०औं गणतन्त्र दिवसको भव्य आयोजन

७०अौ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुतवास द्वारा जारी सन्देश ।
७०अौ गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुतवास द्वारा जारी सन्देश ।

प्रत्येक वर्ष झै यस वर्ष पनि काठमाण्डौ स्थित भारतीय दुतावासमा ७०औं गणतन्त्र दिवस भव्यताका साथ मनाएका छन् ।

सो अवसरमा नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरीले भारतीय झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेको छ । राजदुत सिंहले भारतका राष्ट्रपतिले पठाएको संदेश पढेर सुनाए ।

कार्यक्रममा भारतीय दुतावासमा रहेको केन्द्रिय विद्यालयका छात्रछात्राहरुले देशभक्ति गीत सँगै साँस्कृति कार्यक्रम प्रस्तुत गरेका छन् भने नेपाली सेनाको एक टोलीले क्वाज प्रदर्शन गरेका छन् ।

झण्डोतोलन कार्यक्रममा दुई हजार भन्दा बढी भारतीय तथा नेपालीहरुको उपस्थिति रहेका थिए । सो अवसरमा राजदुत सिंहले सन् १९९४ देखि भारत सरकारले नेपाल सरकारलाई सात सय २६ करोड बराबरको आर्थिक सहयोग गरेको खुलासा गर्नुभयो ।

English

सो अवसरमा राजदुत सिंहले ३० ओटा एम्बुलेन्स र ६ वटा बस विभिन्न अस्पताल र शैक्षिक संस्थालाई वितरण गरेका छन् । भारतले हालसम्म नेपालका विभिन्न संघसंस्था र अस्पतालमा ७ सय २२ वटा एम्बुलेन्स, १४२ वटा बस र ५४ वटा शैक्षिक संस्थालाई पुस्तकालय हस्तान्तरण गरेका छन् । 1548484561_Photo 1

कार्यक्रममा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन, विभिन्न कुटनिति नियोगका पदाधिकारी, राजनीतिक दल, नागरिक समाज र संचारकर्मीहरुको उपस्थिति रहेका थिए ।