भारत तथा नेपालद्वारा भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको समीक्षा

india (1)आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका भूकम्प पश्चातको पुनर्निर्माण परियोजनाहरुको प्रगति समीक्षा गर्न भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको बैठक २०७५ फाल्गुण २७ गते काठमाडौैंमा सम्पन्न भयो । भारत सरकारको २५० मिलियन डलर अनुदानमा यी क्षेत्रहरुको पुनर्निर्माण भइरहेको छ ।

नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो । भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकार विदेश मन्त्रालयका उत्तर डेस्क सह–सचिव सुधाकर दलेलाले गर्नुभएको थियो ।

गोर्खा तथा नुवाकोट जिल्लाका सामाजिक प्राविधिक सहजीकरण परामर्शदाता युएनडीपी तथा युएनओपीएसले पुनर्निर्माणमा भएको प्रगतिका साथै दुई जिल्लाका लाभग्राहीहरुलाई प्रदान गरिदै आएको सहजीकरण बारे प्रतिवेदन प्रस्तुत गरेको थिए । पुनर्निर्माण परियोजनामा भएको सम्झौता पश्चात दुवै पक्षको संयुक्त प्रयासद्वारा आवास क्षेत्रमा एथेष्ट प्रगति भएको कुरामा दुवै पक्षले स्वीकार गरे ।india (2)

शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रका विषयमा पनि छलफल गरिएको थियो । दुवै पक्ष बीच सबै क्षेत्रका प्रगतिलाई द्रुत गतिमा अघि बढाउने सहमति भयो ।
नेपाली पक्षले भारत सरकारद्वारा नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण परियोजनामा गरेको सहयोगको सराहना गर्यो । पुनर्निर्माण परियोजनाको कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन सँगै काम गर्न पनि दुवै पक्ष सहमत भए ।

भारत–नेपाल संयुक्त परियोजना अनुगमन समितिको अर्को बैठक आपसी अनुकुल मितिमा हुनेछ ।