भाेली ईन्जिनियर्सकाे चुनाव , मधेसी गठबन्धन पनि चुनावी मैदानमा

meaनेपाल इन्जिनियर्स एसोसिएसनको चुनाव भोलि हुन गैरहेकोमा मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानलबाट समेत प्रबल दाबेदारको रुपमा विभिन्न पदमा चार जनाले उम्मेदवारी दिएका छन् ।

मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानलबाट ई.अविनाश कुमार मण्डल प्रदेश नम्वर २ बाट सभापति पदमा उम्मेदवारी दिएका छन् । प्रदेश नम्वर २ को उपसभापति पदमा ई. मनिस प्रसाद केशरी, कोषाध्यक्षमा ई. बुधन यादव र सदस्यमा ई.सफल कुमार साहले उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा मधेशको जिल्ला र पश्चिममा रहेको मधेशको जिल्लालाई जोडेर पूर्ण मधेश अर्थात समृद्ध मधेशको सपना साकार पार्नुका साथै आफ्नो पहिचान, स्वाभिमान, आत्मसम्मानको लागि मधेश ईन्जिनियर्स एसोसिएशन तथा मधेशी गठबन्धन प्यानललाई अमुल्य मत दिएर जिताउन मधेश ईन्जिनियर्स एसोसिएशनका अध्यक्ष ई. सञ्जीवनारायण यादवले बताए ।mea-1

मधेश ईन्जिनियर्स एसोसिएशनको भिडन्त देशको ठूला दुई पार्टीका ईन्जिनियर संगठन भैरहेको छ।

आर्थिक दृष्टि कोणले उनीहरू संग कमजोर छौ तर हाम्रो निस्वार्थ निष्ठावान् मधेशी ईन्जिनियर साथीहरु को सहयोगले चुनावमा बल पुगेको छ,यादवले बताए। आर्थिक दृष्टिकोणले कमजोर भए पनि मधेशको मुद्दालाई जिवित राख्न सधै अगाडि रहने विश्वास संगठनले लिएकाे ई. संजिब नारायणले अनलाइनलाई बताए ।mea2

मधेसी गठबन्धनलाई मधेस केन्द्रीत राजपा र फाेरम नेपालकाे समर्थन रहेकाे बताईएकाे छ। काँग्रेस र नेकपा (एमाले )समर्पित ईन्जिनियर एशाेसिएशनले चुनावी मूल्य र मान्यतालाई धज्जी उडाएकाे यादबले अाराेप लगाएका छन् ।