राज संस्थाबारे जनताले जवाफ दिने छन् : पूर्व राजा

1 (5)पूर्व राजा ज्ञानेन्द्र शाह आईतबार सप्तरीको प्रसिद् छिन्नमस्ता भगवती मन्दिरमा दर्शनका लागी पुगेका छन् । केही दिन यता तराई दौडाहामा रहेका पूर्व राजा शाह सुरक्षा स्काटिङ्ग सहित दर्शनका लागी मन्दिर पुगेका हुन । दिउसो ४ः३० बजे यहाँ आई पुगेका शाहले पिठाधिस महाकान्त ठाकुरको सहयोगमा मन्दिरमा विशेष पुजा गरेका थिए ।

उनी यस अघि २०५९ साल पौष १९ गते पनि यस मन्दिरमा आएका थिए । उनी आउँदा शुभेच्छुक तथा समर्थकले भव्य स्वागत गरे । उनको स्वागतका लागी ठुलो संख्यामा राप्रपा संयुक्त, राप्रपा नेपाल, नेपाल विद्वत परिषद, शिव सेना नेपालका स्थानिय अगुवा तथा कार्यकर्ता सहित राजाबादीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
पूर्व राजा शाहको स्वागतका लागी भेला भएका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ, ज्ञानेन्द्र सरकार जिन्दावाद जस्ता नारा लगाएका थिए । शाहलाई हेर्न छिन्नमस्ता बजार देखि मन्दिर सम्म ठाउँठाउँमा भिड लागेको थियो ।

करिब २० मिनेट पुजा आजा पछि उनी सर्व साधारण जनता सँग भेटघाट गरेका थिए । पूर्व राजासँग सप्तरीका संचारकर्मीहरुले राजसंस्था पुनः फर्किने सम्भावना बारे राखेको जिज्ञासाको जवाफमा उनले भने – यो कुरा जनतासँगै नै सोध्नुस उचित जवाफ पाउनु हुने छ । देशको अवस्थाबारे संचारकर्मीहरुले राखेको अर्को जिज्ञासाको जवाफमा उनले भने – यो कुरा मलाई नसोध्नुस । DSC00706

यति भन्दै उनी गाडी तर्फ लागेका थिए । मन्दिरको दर्शन पछि उनी केही बेर मन्दिरको सभाकक्षमा राप्रपा संयुक्तका केन्द्रिय सदस्य एवम तराई मधेश विभागका प्रमुख महमाया प्रसाद सिंह, मुल स्वागत समारोह समितिका संयोजक बिनोद पाण्डे लगायत एक दर्जन अगुवा समर्थक सँग भेट गरेका थिए ।   शाहको आगमणका कारण सुरक्षा व्यवस्था कडा  पारिएको थियो । नेपाल र सशस्त्र प्रहरी बिहानै देखि उनी पुग्ने मार्ग र मन्दिर आसपास ठुलो संख्यामा परिचालित थिए । उनी आईतबारै झापको दमक तिर लागेको मुल स्वागत समारोह समितिका संयोजक पाण्डेले जानकारी दिए ।