राष्ट्रपति रनिङ शिल्ड सुरु

DSC00415१० औं राष्ट्रपति रनिङ शिल्ड तथा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखी सप्तरीको जण्डौंलस्थित विद्यालय खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक समारोहबीच प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले उद्घाटन गरेका छन् । सो अवसरमा उनले स्वास्थ्य शरीरका साथै खेलकुदको विकास निर्माण र स्वस्थ्य समाज निर्माणमा टेवा पु¥याउने बताए ।

निर्वाचन क्षेत्र स्तरिय प्रतियोगिता सक्किएपछि सुरु भएको जिल्ला स्तरिय प्रतियोगितामा २३ वटा निजि तथा सामुदायिक विद्यालयले भाग लिएका छन् । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कबड्ी र सितोरियो कराते लगायतका खेलमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका एजेड नेश्युर लामा बताए । प्रतियोगिता १४ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डलले जानकारी दिएका छन् ।DSC00410

यसअघि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको अध्यक्षतामा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश २ का प्रमुखको मुख्य सचिव युसुफ अलि, राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डल, संघीय फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्मा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।