संचारकर्मी श्यामसुन्दर यादवद्वारा मैथिलीभाषामा लिखित ‘सखडेश्वरी छिन्नमस्ता शक्तिपिठ दर्शन’ को बिमोचन

shyamsundar (2)संचारकर्मी श्यामसुन्दर यादवद्वारा मैथिलीभाषामा लिखित सखडेश्वरी छिन्नमस्ता शक्तिपिठ दर्शन नामक पुरस्कारको विमोचन गरिएको छ । मंगलबार पत्रकार महासंघ सभाकक्षमा एक कार्यक्रम विच प्रमुख अतिथि प्रदेश २ का मुख्य न्याधिवक्ता दिपेन्द्र झाले सो पुस्तकको बिमोचन गरेका हुन् ।

सो अवसरमा उनले सयौ वर्ष पुरानो छिन्नमस्ता भगवती मन्दिर पुरातात्विक दृष्टिकोणले पनि महत्वपूण रहेको भन्दै यादवद्वारा लिखित पुस्तकले यसको महत्व अझ बढाएको र प्रचार प्रसारमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले प्रदेश २ को जानकी मन्दिर र छिन्नमस्ता भगवती मन्दिर धार्मिक पर्यटकिय स्थलको रुपमा विश्वकै ध्यान तानेको चर्चा गर्दै यसको संरक्षण र सम्बद्र्घनका लागी प्रदेश सरकार विशेष योजनाका साथ अघि बढने विश्वास पनि व्यक्त गरे ।shyamsundar (3)

पुर्वाञ्चलकै प्रसिद्घ शक्तिपिठको रुपमा स्थापित छिन्नमस्ता भगवती मन्दिरको ऐतिहासिक र धार्मिक महत्व बारे सम्पूर्ण पक्षीय समेटेर प्रकाशन गरिएको पुस्तक केही दिन भित्रे नेपाली भाषामा पनि प्रकाशन गर्ने तयारी गरिएकोप्रकाशक सप्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मनोज मुंधराले जानकारी दिए ।सप्तरीको रुपनी गाउँपालिका घर भई राजविराजमा बसेर पत्रकारिता गरिरहेका पुस्तकका लेखक श्याम सुन्दर यादवले पुस्तक लेखनुअघिको अनुभव सुनाउँदै सहभागीहरुको जिज्ञासा समेत भेटाएका थिए ।shyamsundar (1)

नेपालका पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवद्वारा लिखित उक्त पुस्तकमा सखडेश्वरी छिन्नमस्ता शक्तिपीठको विविध जानकारीसहित सप्तरीको नामांकरण तथा विभिन्न धार्मिक–संस्कृतिक धरोहर बारे उल्लेख गरिएको छ ।नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता समेत रहनु भएको यादवको यस अघि दुई वटा पुस्तक प्रकाशित छन् ।

पुस्तक विमोचन समारोहमा ईतिहास विद डाक्टर प्राध्यापक पिताम्बर लाल यादव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसाली, निजामती कर्मचारीहरुको अधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय झा, मैथिली साहित्य परिषदका अध्यक्ष अशोक कुमार झा, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, पत्रकार महासंघ सप्तरीका अध्यक्ष दिपेन्द्र खडगा, पुर्व अध्यक्ष शिवहरी भट्टराई, बैद्यनाथ झा, शम्भु झा, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान लगायतले पनि बोल्नुहुदै बिमोचित पुस्तकले छिन्नमस्ता भगवती मन्दिरको महत्व झल्कनुको साथै छिन्नमस्तालाई धार्मिक पर्यटकिय रुपमा विकास गर्न ठुलो मदत पुर्याउने विश्वास व्यक्त गरे ।