सनराइजद्दारा उपचारका लागी साहलाइ रकम हस्तान्तरण

???????????????????????????????सनराइज वैंक शाखा राजविराजले ग्राहकका लागी ल्याएको नयाँ स्वास्थ्य विमा सुविधा योजना अन्र्तगत पीडित परिवारलाई राहत स्वरुप रकम भुक्तानी गरेको छ । शाखाका ग्राहक रहेका तिलाठी कोइलाडी गाउँ पालिका – ६ हाल राजविराज–७ मा वसोवास गर्दै आएका ७५ वर्षिय गोविन्द प्रसाद साहलाई विहीवार वैंक परिसरमा एक कार्यक्रम वीच शाखा प्रबन्धक रोहित महासेठले ३४ हजार ७  सय १६  रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

सो अवसरमा प्रबन्धक महासेठले हरेक वचतकर्तालाई डवल सुरक्षा प्रदान गर्ने उद्देश्यले वैंकले स्वास्थ्य र दुर्धटना विमाको योजना ल्याएको वताउनु भयो  । वैंकले स्वास्थ्य विमा अनर््तगत ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्चमा १ लाख नबढने गरी वचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकम मध्ये जुन न्युन हुन्छ सो रकम दावीगर्न पाइने व्यवस्था गरेको छ ।

त्यस्तै दुर्धटना विमा अन्र्तगत वचत कर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा  ५ लाख रुपैयाँ भन्दा नवढने गरी वचत खातामा रहेको मौजदातको ४ गुना सम्म दावी गर्न सकिने व्यवस्था छ । रकम वुझदै साहले वैंकले प्रदान गरेको रकमवाट थप स्वास्थ्य उपचारका लागी ठुलो राहत पुग्ने प्रतिक्रिया दिनु भयो  ।

साहको गत महिना धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्रेन हेम्ररेज  सम्वन्धि जटिल रोगको शल्यक्रिया गरिएको थियो । यस अधि गत भाद्र २५ गते सो बैकले दुर्घटनामा परेर मृत्यु भएका राजविराज –८ निवासी फुलेश्वर मिश्रका परिवारलाई दुर्घटना विमा वापत १ लाख ६९ हजार ३ सय ९५ तथा  जेठ १८ गते  स्वास्थ्य विमा सुविधा अन्र्तगत राजविराज ५ का राम अवतार यादवलाई उपचार खर्च वापत ४९ हजार रुपैयाँ उपलव्ध गराएको थियो ।