सप्तरीमा बस दुर्घटना दुइ जनाको मृत्यु, दश जना घाईते

1867856281accidentउदयपुरबाट जनकपुरको लागी तिर्थ यात्री बोकेको सप्तरीमा बुधबार बिहान मोटरसाइकल माथि यात्रुबाहक बस पल्टिएर दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ। वसमा ३५ जना सवार मध्ये १० जना घाईतेहरुको सप्तरिषी सेवा अस्पताल लाहनामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा यात्रुवाहक बस मोटरसाइकलमाथि नै पल्टेको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलमै मृत्यु भएका अर्का व्यक्तिकोे नाम खुल्न सकेको छैन।

घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रहरीकाे प्रयास सपल हुन सकेकाे छैन। बसमा सवार घाइते भएका अन्य यात्रुलाई उपचारको लागि सिरहाकाे लहानतिर पठाइएको प्रहरीले जनाएको छ। को३४प ६४३५ नम्बरको मोटरसाइकललाई बचाउने क्रममा को१ख ४९६४ यात्रुबाहक बस मोटरसाइकल माथि नै पल्टिएको थियो।