सरकार र सीके राउत सम्झौताले ‘स्वतन्त्र मधेस’ लाई मान्यता : एसडी मुनि

sd muniसरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतबीचको सम्झौताले ‘स्वतन्त्र मधेस’ लाई बल मिलेको भारतीय बुद्धिजीवी एसडी मुनिले बताएका छन् ।

आइतबार बिहान ट्विटमार्फत नेपाल–भारत सम्बन्धका जानकार मुनिले लोकतान्त्रिक व्यवस्थामा ‘स्वतन्त्र मधेस’ नारालाई अझ स्थापित गर्न बल मिलेको उल्लेख गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले नै ‘स्वतन्त्र मधेस’ लाई स्वीकार गरेको दाबी गरेका छन् ।ck (2)

नेपालमा सीके राउतले पृथकतावादी आन्दोलन छाडे, मूलधारको राजनीतिमा आए भनेर प्रचार भइरहेका बेला भारत सरकारको थिंक ट्यांक मानिने एसडी मुनिले नै अब ‘स्वतन्त्र मधेस’ को मागलाई बलियो गरेर लैजान बल पुगेको टिप्पणी गरेका छन् ।

विखण्डनको राजनीति छोडेको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको पर्सिपल्टै सीके राउत स्वतन्त्र मधेस माग्दै आयोजना गरिएको र्‍यालीमा सहभागी भएका छन् ।sd muni

मुखमा मास्क, टाउँको छोपिने गरी झन्डा बेरेका र छातीमा सुरक्षाकर्मीकै जस्तो बुलेट प्रुफ देखिने ज्याकेट लगाएका राउतका समर्थक आइतबार जनकपुर विमानस्थलमा खटिएका थिए। विमानस्थलको बाहिरी परिसरमा एकदर्जनको संख्यामा खटिएका उनीहरुको हाउभाउ सुरक्षाकर्मीकोजस्तै थियो । आइतबार अपरान्ह बुद्ध एयरको जहाजबाट ओर्लिएका राउतलाई ती दस्ताले स्यालुट ठोके र घेराभित्र राखेर गाडिसम्म पुर्‍याएका थिए । राउतका समर्थकले आइतबार जनकपुरमा ‘फ्रि मधेस’ लेखिएका झन्डा र ‘स्वतन्त्र मधेस’ जिन्दावादको नारा लगाएका थिए । https://twitter.com/SDMUNI/status/1104593548010311680