सवलको साधारणसभा, भावी कार्यक्रमका लागि १२ करोड ९४ लाख वजेट तय

sabalसामाजिक, शैक्षिक, स्वास्थ्य र विभिन्न खाले विकृती विरुद्ध सचेतना मुलक लगायतका गतिविधिमा ख्याती कमाएको सवल नेपाल नामक संस्थाले विभिन्न कार्यक्रम गरि शनिवार १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

स्थानिय जेसिज भवनमा आयोजित साधारणसभाको क्रममा संस्थाले विभिन्न क्षेत्रमा योगदान पू¥याउने समाजसेवी, संचारकर्मी र जनप्रतिनिधीलाई सम्मान गरेको हो ।
‘हाम्रो चाहना समृद्ध समाजको स्थापना’ नाराका साथ सुरु भएको साधारणसभामा संस्थाकी अध्यक्ष जुना गिरीले गत आर्थिक वर्ष २०७४-०७५ को वार्षिक प्रगति प्रतिवेदन तथा २०७५÷०७६ को वार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

जस अनुसार २०७४-०७५ मा सरसफाई प्रवद्र्धन, स्वच्छ खानेपानी , स्पाउन्सर सिप, बैदेशिक आप्रवासन, सम्भव परियोजना, सौर्य प्रवद्र्धन योजना, सरसफाई वजारीकरण, पहुँच परियोजना, बाढि प्रभावित पुनःस्थापना र स्मार्ट विद्यालय परियोजना लगायतका १० वटा परियोजनाहरु सफलतापूर्वक सम्पन्न गरेको छ।14

त्यस्तै संस्थाले आगामी वार्षिक कार्यक्रममा पूर्णसरसफाई कार्यक्रम, राजविराजलाई पयर्टकीय नगरको रुपमा विकास गर्न, भगवती आराधनाको आयोजना, युवा लक्षित कार्यक्रम, खेलकुद गतिविधिमा सहकार्य, प्रदेश २ मा फिल्ड कार्यालयको विस्तार, शुद्ध खानेपानीको सबैमा पहुँच, सामुदाय प्रहरी पहुँच परियोजना, सुरक्षित वैदेशीक रोजगारी लगायतका कार्यक्रम सञ्चालन गर्नै र यसका लागि १२ करोड ९४ लाख ३७ हजार बजेट तय गरेको जानकारी दिएको छ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, उप प्रमुख साधना झा, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी, प्रहरी उपरीक्षक राजेन्द्र विष्टलगायतकाले शुभकामना दिएका थिए । कार्यक्रमको संचालन सबल नेपालका कोषाध्यक्ष आयुश श्रेष्ठले गरेका थिए भने कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपककुमार झाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा सबल नेपालले अन्तराष्ट्रिय नारि दिवसको अवसरमा आयोजना गरेको अनलाईन निवन्ध प्रतियोगिताका बिजेता मनोहर कुमार पोखरेललाई समेत नगद ५ हजार १ सहित सम्मान समेत गरेको थियो भने गैसस महासंघ नेपालको बरिष्ठ उपाध्यक्षमा मनोनित तथा गैसस महासंघ सप्तरीको अध्यक्षमा निर्वाचित शम्भुनन्द चौधरीलाई समेत सम्मान गरेको थियो ।piyush

कार्यक्रममा सबल नेपालका उत्कृष्ट ९ कर्मचारीलाई ट्रफी तथा प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निरबहादुर आले, जितेन्द्र मण्डल, राधा चौधरी, अशोक कुमार साह, देवेश कुमार चौधरी, शुभ नारायण यादव, चन्दन यादव, रोशन मण्डल तथा नितु कर्ण रहेका थिए ।