सांसद अल्का लाम्बा ट्वीट हटाउदै दुःख व्यक्त : मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी

mp alk lambaआम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको टिप्पणीप्रति दुःख व्यक्त आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।
उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् :

प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो । आलोचना पछि लाम्बाले लेखेकी छिन्ः मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि म दुखाउने उद्देश्य थिएन । म तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु ।alka
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी। मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है। https://twitter.com/LambaAlka/status/1105393566136844288

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।