१३ बर्षदेखि सप्तरीमै किन सई घनश्याम…?

सई घनश्याम राय पटक पटक विभिन्न विवादमा मुछिएपनि उच्च अधिकारीहरुसँगको ‘सेटिङ्ग’कै आधारमा पछिल्लो लामो समयदेखि एउटै जिल्लामा वस्दै आएका हुन् ।

original1473162564nepal-policeभनिन्छन् १२ बर्ष पछि खोलाले पनि आफ्नो वाटो फेर्ने गर्छन । तर नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक(सई) पछिल्लो १३ बर्ष ३ महिना भन्दा बढि समयदेखि सप्तरीमै वस्दै आएका छन् । हाल इलाका प्रहरी कार्यालय भारदहको प्रमुखका रुपमा कार्यरत सई घनश्याम राय पछिल्लो १३ बर्ष ३ महिना ६ दिन देखि सप्तरीमै वस्दै आएका हुन् ।

प्रहरी प्रधान कार्यालय देखि जिल्ला सम्मका अधिकारीहरुका विच निकै विश्वास पात्र मानिने राय पटक पटक विभिन्न विवादमा मुछिएपनि उच्च अधिकारीहरुसँगको ‘सेटिङ्ग’कै आधारमा पछिल्लो लामो समयदेखि एउटै जिल्लामा वस्दै आएका हुन् । प्रहरी ऐन नियमावलीमा स्पष्ट प्राबधान नखोलाई पनि व्यवहारीक रुपमा प्रहरी संगठनले आफु मातहतका कर्मचारीहरुलाई २ बर्ष भन्दा वढि एउटा जिल्लामा नराख्ने परिपाटी रहेको छ । यद्यपी सिरहा जिल्ला घर भएका राय भने अन्यत्र जिल्लामा दरबन्दी हुँदाहुँदै समेत सप्तरीलाई आफ्नो गढनै वनाई सकेका छन् । ‘जागिर अबधि अब सप्तरीमै विताएर जान्छु’ भन्दै राय अचेल सार्वजनिक रुपमै प्रतिक्रिया समेत जनाउँदै आएका छन् ।

हाल रायको दरबन्दी संघिय प्रहरी इकाई कार्यालय(सगरमाथा अञ्चल प्रहरी कार्यालय)राजविराजमा रहेको छ । यस अघि उनको दरबन्दी काठमाण्डौ, पाँचथर, दंगा प्रहरी गण दुहबी, तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगर रहेता पनि ठुला अधिकारीहरुको सेटिङ्गको आधारमा उनी सप्तरी मात्रै वसेनन यद्यपी भारतीय नाका सँग जोडिएका विभिन्न इलाका प्रहरी कार्यालयमा प्रमुखकै जिम्मेवारीमा कामकाज गर्दै आएका छन् । हाल सम्म सप्तरी स्थित इलाका प्रहरी कार्यालय पातो, कडरबोना, बोदेबर्साइन, रुपनी, कल्याणपुर, हनुमाननगर, वडा प्रहरी कार्यालय राजविराज लगायत जिल्ला प्रहरी कार्यालय सप्तरी मातहतको विभिन्न युनिटमा प्रमुखकै जिम्मेवारीमा लामो समय विताई सकेका छन् ।

प्रहरी युनिटहरुमा हुँदा तस्करहरुसँगको साँठगाँग, अबैध गतिविधि लगायतका क्रियाकलापहरुसमा संलगन रहेकाहरुवाट पैसा उठाउने, आफ्ना हाकिमहरुलाई बुझाउने लगायतका कारणले नै उनी लामो समयदेखि सप्तरीमै वस्दै आएको जिल्ला प्रहरी कार्यालय सप्तरी निकटकै स्रोतको दावि छ । नाम नछाप्ने शर्तमा एक प्रहरी अधिकृतले सप्तरी जागरण अनलाईनसँग भने, ‘जसको सेटिङ्ग हुन्छ, उसले नै चल्तीका नाकाहरुको नेतृत्व गर्ने जिम्मा पाउने हो, नभए १३ बर्ष देखि एउटै व्यक्ति एउटै जिल्लामा कुन आधारमा वस्दै आएका हुन् ।’

हाल सई राय कार्यरत रहेको इलाका प्रहरी कार्यालय भारदह क्षेत्रवाट ठुलो परिमाणमा गाँजा, काठ र रक्सिको तस्करि भईरहेको प्रहरी स्रोतको दावि छ । भारदह स्थित कोसी ब्यारेजको वाटो भई टापु गाउँ गोबरगाढा हुँदै भारत तर्फ काठ, गाँजा तथा रक्सी तस्करी हुँदै आएको हो । नेपाल तथा भारतका तस्कर तथा आपराधिक प्रवृतिका समुहले संगठित रुपमै यस नाकालाई तस्करीका रुपमा प्रयोग गर्दै आएका हुन् । यसअघि दिनेश आमात्य तथा संजय सिंह वस्नेत सप्तरीको प्रहरी प्रमुख हुँदा यस क्षेत्रवाट ठुलै परिमाणमा गाँजा समातिएको थियो । मुश्किलले ७०-८० परिवारको बसोबास रहेको गोबरगढामा दैनिक ८ लाख वढिको रक्सि स्थानिय दुई जना रक्सि विक्रेताहरुले लग्ने गरेको तथ्य उच्च प्रहरी अधिकारीहरुलाई पनि जानकारी रहेको विषय हो । यद्यपी दैनिक ५ हजारको किराना समान विक्रि नहुने गोबरगाढावाट दैनिक ८ लाख जतिको रक्सि कहाँ जान्छन भने वारे अनुसन्धान सम्मका लागि प्रहरीसँग समय नरहेको गोबरगाढाका स्थानियहरु वताउँछन् ।

रक्सि, काठ तथा गाँजा तस्करहरुकै कारण आफ्नो वस्तीलाई आपराधिक प्रवृतिका व्यक्तिहरुले सेल्टरकै रुपमा प्रयोग गरिरहेको स्थानियहरुको गुनासो छ । नाम नछाप्ने शर्तमा एक स्थानिय भन्छन्, ‘हामि न त प्रतिवाद नै गर्न सक्ने अवस्थामा छौ, न त प्रहरी प्रशासन समक्ष उजुरीनै गर्न सकिन्छन्, प्रहरी पनि मिलेकै हुन्छ, हामि भन्न गयौ भन्ने हाम्रो हविगत के होला तपाँईहरु नै विचार गर्नुस त ?’

आफुखुशि ड्युटि गर्ने, रक्सी खाएर आफ्नै मातहतका प्रहरीहरुलाई प्रताडना दिने लगायतका कारणले सई राय प्रमुख वनेर गएका प्रहरी युनिटका अन्य प्रहरीहरु भने सधै आतंकति र प्रताडित नै रहने गरेका हुन्छन् । यसअघि इलाका प्रहरी कार्यालय पातोमा हुँदा रक्सि खाएर आफु मातहतकै एक महिला प्रहरीलाई रायले निर्घात कुटपिट समेत गरेका थिए । रायको कुटपिटका कारण घाईते समेत भएकी ती महिला प्रहरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्दा जिल्लाका उच्च अधिकारीहरुले नै उक्त मुद्दालाई मिलाई दिएका थिए । कारवाहि स्वरुप देखाउनलाई केहि दिनका लागि रायलाई जिल्लामै तानेर राखियो तर पुनः उनलाई पातो भन्दा पनि वढि कमाई हुने नाका भारदहको जिम्मेवारी दिएर पठाईएको हो ।

पिडित महिला प्रहरीले त्यतिवेला न्यायका लागि अदालत जाने भनि आँट गरेपनि विभागिय कारवाहिको त्रास देखाउँदै ठुला प्रहरी अधिकारीहरुले ती महिला प्रहरीलाई चुप लाग्न दवाव दिएको जिल्ला प्रहरी कार्यालयको स्रोतले वताउँछन् ।

कुख्यात भारतीय अपराधि धिरेन्द्र यादवलाई पक्राउ गरेपनि प्रहरी संगठन भित्र सई रायको साख बढेको हो । यद्यपी रायले आफ्नो उक्त साखलाई पछिल्लो लामो समयदेखि दुरुपयोग गर्दै आएका छन् । धिरेन्द्रलाई समात्ने टोलीमा रायसँगै रहेका अन्य प्रहरीहरु भने धिरेन्द्रलाई समाते पछि पनि सई राय तथा तत्काली जिल्ला प्रहरीका उच्च अधिकारीहरुले ठुलै आर्थिक चलखेल गरि धिरेन्द्रलाई छाडन खोजेको वताउँछन् । यद्यपी प्रहरी र धिरेन्द्र विच ‘सेटिङ्ग’हुनु अघि नै धिरेन्द्र पक्राउ परेको सूचना प्रहरी स्रोतवाटै मिडियामा चुहिएपछि प्रहरीले धिरेन्द्रलाई छाडन सकेका थिएन ।

सई रायले महिला जवानलाई कुटपिट गरेको सम्बन्धी यसअघि प्रकाशित सामग्री यस लिंकमा
http://saptarijagran.com/सईद्वारा-कुटिए-महिला-जवा/