Saptari Jagran केन्द्रीय सदस्यले नै छोडे सीके राउतको पार्टी, उपेन्द्र यादवलाई साथ - सप्तरी जागरण

सर्च

केन्द्रीय सदस्यले नै छोडे सीके राउतको पार्टी, उपेन्द्र यादवलाई साथ

जनकपुर– जनमत पार्टीका केन्द्रीय सदस्य एवम् महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेशसभा प्रत्याशी दीपेन्द्र मधेशीसहित दर्जन बढि नेता/कार्यकर्ताले पार्टी छोडेको घोषणा गरेका छन्।

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेका उनीहरु आइतबार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका छन्। जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा पूर्वउपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई पार्टी प्रवेश गराए।

जनमत पार्टीका युवा नेताहरू सुभाष मिश्रा, लव ठाकुर, बैदप्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, रामजनय यादव, प्रशान्त यादव, नरेश यादवलगायतका नेता÷कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका हुन् ।

अध्यक्ष यादवले नव प्रवेशीहरूलाई माला, अबिर, गम्छा लगाएर स्वागत गरे।

Related Articles