Saptari Jagran धनुषामा पेस्तोलसहित दुई युवक पक्राउ, १ जना भारतीय - सप्तरी जागरण

सर्च

धनुषामा पेस्तोलसहित दुई युवक पक्राउ, १ जना भारतीय

जनकपुर– धनुषामा सशस्त्र प्रहरीलेले पेस्तोलसहित २ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने एक जना भारतीय हुन। धनुषाको धनौजी गाउँपालिका– ४ स्थित भडरियाबाट उनीहरु पक्राउ परेका हुन।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ सीतानगरका २४ वर्षीय तेजेशकुमार महतो र भारतको मधुवनी सिलानाथ बरही ग्राम पञ्चायत– ५ का २१ वर्षीय रुपेशकुमार यादव छन्। उनीहरु बीआर ३२ एडब्ल्यू १८११ नम्बरको भारतीय मोटरसाइकलमा चढेर गइरहेका थिए।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ९ एमएम ब्राउनिङ पेस्तोल १ थान, सोको म्यागजिन १ थान र गोली राउन्ड १ थान बरामद भएको सशस्त्र प्रहरी बल नं. ८ गण हेडक्वाटर धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।

दुबै जनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles